Rato Samachar
Thu, 12 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

फिलिपिन्सका पूर्वराष्ट्रपति रामोसको निधन

फिलिपिन्सका १२ औँ राष्ट्रपति फिडेल रामोसको निधन भएको छ । कोभिड–१९ को जटिलताबाट ९४ वर्षको उमेरमा उनको आज दिउँसो निधन भएको हो । राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसका सञ्चार संयोजक रोज बीट्रिक्स क्रुज–एन्जेल्सले पूर्वराष्ट्रपति रामोसको निधनको पुष्टि गरेकी छन् । “राष्ट्रपति फिडेल वी। रामोसको निधनबारे थाहा पाउँदा धेरै दुःख लागेको छ, उहाँले सैनिक अधिकारी एवम् प्रमुख कार्यकारीको रूपमा हाम्रो देशमा भएका ठूला परिवर्तनहरूमा आफ्नो सहभागिताका लागि इतिहासमा सुरक्षित स्थान छोड्नु भएको छ,” पूर्वराष्ट्रपतिका परिवार, मित्र, सहपाठी र सहयोगीहरूमा गहिरो समवेदना व्यक्त गर्दै सञ्चार संयोजकले भनेकी छन् । पूर्वराष्ट्रपति रामोसको परिवारले पनि आफ्ना अभिभावकको मृत्युबारे औपचारिक वक्तव्य जारी गरेको छ । “हाम्रो गोपनीयताको सम्मान गर्नुभएकोमा हामी सबैलाई धन्यवाद दिन्छौं, किनकि परिवारसँगै शोकमा रहन केही समय लाग्छ,” वक्तव्यमा भनिएको छ । “राष्ट्रिय प्रतिरक्षा विभाग पूर्वराष्ट्रपति रामोसको निधनमा शोकाकूल भएको छ र राष्ट्रको साथमा छ,” राष्ट्रिय प्रतिरक्षा विभागका प्रवक्ता आर्सेनियो एन्डोलोङले फिलिपिन्सको सशस्त्र बलको आधुनिकीकरण र व्यावसायिकताको श्रेय रामोसलाई दिँदै भनेका छन् । राष्ट्रपति बन्नु अघि एक सम्मानित सिपाही, कूटनीतिज्ञ र राष्ट्रिय रक्षामन्त्रीका रूपमा उनले रामोसलाई सम्झेका छन् । फिलिपिन्सको सेनामा प्रवेश गर्नुअघि रामोसले न्यूयोर्कस्थितको अमेरिकी सैन्य प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको इलिनोइ विश्वविद्यालयमा अध्ययन गरेका थिए । उनले फिलिपिन्सको सशस्त्र बलको प्रमुखको रूपमा पनि काम गरेका थिए । राष्ट्रपतिको रूपमा उनले करका दर र अर्थतन्त्रमा सुधारहरूलाई प्रोत्साहित गर्दै दक्षिणपूर्वी एसियाली देशको अर्थतन्त्रको पुनरुत्थानमा योगदान गरेका थिए ।रासस

फाइल तस्विर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लोकप्रिय

1

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

2

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

3

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

4

“रामायण” ४ हजार करोडमा बनेको फिल्ममा दर्शकको ध्यान केन्द्रित रावणमा

5

ईलाका प्रहरी मनहरी प्रमुख थापा भए पौष महिनाको सर्वोत्कृष्ट

6

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

7

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा

8

मेयरकप फुटबल प्रतियोगिता, वर्षाको कारण स्थगित दुई खेल आज हुँदै

9

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

10

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार



भर्खरै

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

शुक्रबार देखि प्रर्दशनमा “पाँच पाण्डव”

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology