Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

नारायणगढ–बुटवल सडक निर्माण ः प्रगति न्यून

  •  नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ । पूर्वी खण्डमा भौतिक प्रगति १७ दशमलव ७३ प्रतिशत र वित्तीय प्रगति १५ दशमलव १७ प्रतिशत रहेको छ । पश्चिम खण्डमा भौतिक प्रगति १९ दशमलव पाँच प्रतिशत र वित्तीय प्रगति १० दशमलव ७१ प्रतिशत रहेको छ । दुबै प्याकेजमा निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पाेरेसन लिमिटेडलाई दिइएको थियो । दुबै ठेक्काको अवधि यही २२ गते सकिँदैछ । दुबै ठेक्कामा अवधि थपका लागि प्रक्रिया अघि बढाइएको नारायणगढ–बुटवल (पूर्वी खण्ड) प्रमुख रमेश दिष्टीले बताउनुभयो । उहाँका अनुसार दुई वर्ष अवधि थपका लागि सिफारिस गरिएको छ । अहिले सडकमा सामान्य मर्मतको काम मात्रै भइरहेको उहाँले बताउनुभयो । अहिले तत्काल ठेक्काको अवधि थप नहुँदा सडकको मर्मतसम्भार र सञ्चालनमा चुनौती हुने आयोजना निर्देशनालय (एशियाली विकास बैंक) का आयोजना प्रमुख सुशीलबाबु ढकालले बताउनुभयो । नयाँ ठेक्कामा जाँदा समय बढी लाग्ने र लागत बढ्ने हुँदा स्रोतको अभाव हुने देखिएको छ । कानुनी प्रक्रियामा जाँदा ठेक्का तोडिसकेपछि पनि व्यवसायीबाट रकम असुल गर्न गाह्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “असुल गर्नुपर्ने रकम अत्यधिक हुने तर जमानत जम्मा १० प्रतिशत मात्रै सुरक्षित हुँदा बाँकी असुल गर्न कठीन हुन्छ ।” सडकमा हाल वर्षातको पानी निकासको समस्या रहेको प्रमुख ढकालले बताउनुभयो । धेरैजसो सहरीकरण भएका स्थान गैँडाकोट, प्रगतिनगर, कावासोतीलगायतका स्थानमा कल्भर्ट र पुलेसोबाट निकास बन्द हुँदा पानी जम्ने समस्या रहेको छ । योजना निर्माण सुरु भएदेखि नै गति लिइरहेको थिएन । सुरुमा निर्माण व्यवसायीले पहिलो पटक १० महिनापछि र दोस्रो पटक १६ महिनापछि मात्रै निर्माणस्थलमा उपकरण ल्याएको प्रमुख ढकालले बताउनुभयो । व्यवसायीले उत्तरतर्फको क्रसर प्लान्ट सन् २०१९ मा ल्याएपनि गत चैतबाट मात्रै सञ्चालनमा आएको थियो । कोभिड सङक्रमणले काममा बाधा पुगेको प्रमुख ढकालले बताउनुभयो । कोभिडका कारणले पहिले एक हजार छ सयसम्म कामदार रहेकामा घरघर जाँदा एक हजार मात्रै बाँकी थिए । विद्युत् लाइन स्थानान्तरण गर्दा आवश्यक सामग्री भारतबाट ल्याउनुपर्नेमा कोभिडले ल्याउन सकिएन । उहाँले भन्नुभयो, “कतिपय जनशक्ति भारतबाट ल्याउन कोभिडले सकिएन ।” अन्तर निकायगत समन्वय अभाव सडक निर्माण सुस्त हुनुको कारण भएको निर्देशनालयले जनाएको छ । ठेक्का शुरु भएको ११ महिनापछि रुख काट्ने अनुमति आएको र निकुञ्ज क्षेत्रमा काठदाउराको जिम्मेवारी लिन ढिलो भएको जनाइएको छ । विद्युतको संरचना हटाउने प्रक्रिया नै ढिलो मात्रै शुरु हुनु र नदीजन्य निर्माण सामग्री उत्खनन्मा स्वीकृति ढिलो हुँदा समस्या भएको थियो । उहाँका अनुसार स्थानीय तहले नदीजन्य सामग्रीको रोयल्टी फरक–फरक रहेको र पछिल्लो समय बढाइनु पनि समस्याका रुपमा रहेको थियो । निर्माण व्यवसायीले सुरु दुई वर्षसम्म योग्य ठेक्का व्यवस्थापक नियुक्त नगरेको र निर्माण सामग्री सङ्कलन ढिलाइ गरेको प्रमुख ढकालले बताउनुभयो । निर्माण व्यवसायीको यस किसिमको ठेक्कामा अनुभव कम भएकाले परामर्शदाताको निर्देशन ढिला गरी पालना गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पटक–पटक प्रतिबद्धतासहित योजना पेश गर्ने तर पूरा नगर्ने गरिएको छ ।” दुबै ठेक्कामा निर्माण व्यवसायीले ७३० दिनको थप म्याद माग गरेकामा परामर्शदाताबाट करारको सर्त अनुसार पूर्वीमा ३८६ र पश्चिम खण्डमा ३६५ दिन सिफारिस गरिएको छ । अहिले वर्षाका कारण पनि निर्माणका थप काम हुन सकिरहेको छैन । पूर्वी खण्डमा ६४ दशमलव चार किलोमिटर र पश्चिम खण्डमा ४८ दशमलव पाँच किमी गरी सडकको जम्मा लम्बाइ ११३ किमी छ । योजनाको लागत ठेक्का अङ्कअनुसार १६ अर्ब ९९ करोड छ । पूर्वी खण्डमा २१५ कल्भर्ट निर्माण गर्नुपर्नेमा हालसम्म १३१ वटा सम्पन्न भइसकेका छन् । जम्मा २२ साना पुल निर्माण गर्नुपर्नेमा १५ सम्पन्न भइसकेका छन् । जम्मा १२ ठूला पुल निर्माण गर्नुपर्नेमा दुई सम्पन्न भइसकेका छन् भने १० निर्माणाधीन छन् । ११ किमी नाली सम्पन्न भएको योजनाले जनाएको छ । पश्चिम खण्डतर्फ, १३० कल्भर्टमध्ये ७९ सम्पन्न भइसकेका छन् । त्यस्तै २१ साना पुल निर्माण गर्नुपर्नेमा हालसम्म १३ सकिएका छन् । नौ ठूला पुलमध्ये हालसम्म तीन सम्पन्न भइसकेको र छ निर्माणाधीन छन् । त्यस्तै १३ किमी नाली सम्पन्न भएको छ ।—रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology