नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले स्थानीय निर्वाचनमा गठबन्धन गर्नुको उदेश्य सत्ता हत्याउनु नभएको बताएका छन् ।

स्थानिय तहको निर्वाचन २०७९ का लागि गरिएको गठबन्धन र आएको मत परिणाम र प्रमुख नेतृत्वमा माओवादी सुन्य भन्दे उल्लेख भएको टिक्का टिपणीका विषयमा बोल्दै यस्तो बताएका हुन् ।

शनिबार बागमती प्रदेश सभाको बैठकमा बोल्दै उनले स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको विषयमा टिका टिप्पणी धेरै भएपनि प्राप्तको आधार भनेकै गठबन्धन जोगिएको दाबी गरे ।

गठबन्धन गर्नुको मुख्य कारण भनेको एनि हाउ सत्ता हत्याउ हैन की एनि हाउ उप्लब्धी जोगाउँ भएको उल्लेख गर्दै सबैलाइ धैर्य रहन प्रदेश सदस्य पुलामीलेआग्रह गरे ।

उनले विश्वभरि फैलिएर कोरोनाले खस्काएको अर्थतन्त्रलाई उकास्ने किसिमको काम गरि आयतलाई घटाई निर्यातलाई बढाउने काम गर्नुपर्ने र बजेटलाई कृषि,स्वास्थ्य,शिक्षालाई प्राथमिकतामा राख्न जोड दिनुपर्ने बताएका हुन् ।

शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा छलफलमा भाग लिँदै पुलामीले भने “संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन गरिएको हो । यो त सुरुवात मात्रै हो जनताले प्राप्त गरेको उपलब्धी रक्षाको लागि हामी निरन्तर लागिरहनेछौँ ।”