Rato Samachar
Tue, 8 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

इरानले आणविक वार्ताको ‘अन्तिम’ प्रस्ताव सोमबार बुझाउने

इरानका विदेशमन्त्रीले सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको आणविक सम्झौतालाई पुनर्जीवित गर्ने विषयमा तेहरानले आफ्नो ‘अन्तिम’ प्रस्ताव सोमबार प्रस्तुत गर्ने बताउनुभएको छ । “अमेरिकी पक्षले इरानबाट आएका दुई मागलाई मौखिक रूपमा स्वीकारेको छ,” सरकारी समाचार संस्था आइआरएनएले होसेन अमिर अब्दोल्लाहियानलाई उद्धृत गरी उल्लेख गरेको छ । उहाँले भन्नुभयो, “हामी हाम्रो अन्तिम प्रस्ताव सोमबार रातिसम्म लिखित रूपमा पठाउनेछौं ।” ’यदि हाम्रो राय स्वीकार गरियो भने हामी विदेशमन्त्रीहरूको बैठकमा सम्झौता टुङ्ग्याउन र सम्झौता घोषणा गर्न तयार छौं,” उहाँले भन्नुभयो । इरानले सन् २०१५ मा भएको ऐतिहासिक सम्झौतालाई जोगाउन भियनामा भएको अन्तिम सम्झौतालाई स्वीकार गर्न सक्ने आईआरएनएको समाचारमा शुक्रबार जनाइएको थियो । सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका सम्झौताबाट अलग्गिएपछि यो सम्झौता असफल भएको थियो । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले जुलाई २६ मा पेश गरेको प्रस्तावमा तेहरानको प्रतिक्रियाको पर्खाइमा प्रमुख शक्तिराष्ट्रहरु रहेका छन् । इरानी एकजना कूटनीतिज्ञले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, “यदि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग विचाराधीन मुद्दाहरूमा उनीहरूले इरानलाई प्रतिबन्ध र सुरक्षासँग सम्बन्धित विभिन्न बुँदाहरूमा आश्वासन प्रदान गर्दछन् भने इरानलाई युरोपेली संघका प्रस्तावहरू स्वीकार्य हुनसक्छन् ।” बेलायत, चीन, फ्रान्स, जर्मनी, इरान र रूसका साथै अप्रत्यक्ष रुपमा संयुक्त राज्य अमेरिकाले एक महिना लामो अन्तरालपछि अगस्टमा आणविक सम्झौताका लागि वार्ता पुनः सुरु गरेका थिए । सम्झौतालाई पुनःजीवित गर्न युरोपेली संघ (ईयू) समन्वयित वार्ता अप्रिल २०२१ मा सुरु भएको थियो र मार्चमा रोकिएको थियो । युरोपेली संघ (ईयू) ले गत मंगलबार तेहरान र वासिङ्टनले सम्झौतालाई असफल बनाउने उद्देश्यले गरिएको ‘अन्तिम’ पाठको ‘चाँडै’ जवाफ दिने अपेक्षा गरेको बताएको थियो । अमिर अब्दुलाहियानले भन्नुभयो,“लामो वार्तापछि हाम्रो लागि महत्वपूर्ण कुरा भनेको व्यवहारमा प्रतिबन्ध हटाइएको छ कि छैन भन्ने कुराको प्रमाणीकरण हो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

लोकप्रिय



भर्खरै

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology