बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसैक्रममा केहीबेर अघी १७५२२ मत गणना हुँदा नतिजामा गठबन्धनको अग्रता कायमै रहेको छ।
गठबन्धनको एसबाट मेयरको उम्मेदवार मीना लामालाई ५ हजार ४९७ मत प्राप्त छ ।
राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहलाई ५ हजार २०७ मत प्राप्त छ। एमालेका उम्मेदवार अनन्त पौडेलले ४ हजार ५७३ मत प्राप्त गरेका छन् ।
केहीबेर अद्धी सम्मको गणनामा लामा पहिलो सिंह दोस्रो र पौडेल तेस्रो स्थानमा छन् मत गणना जारी छ ।
लामा २९० मतले अघी लागेकी हुन् ।