चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी छन् । पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मतका साथ अग्रता बनाएकी हुन् ।

त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरका प्रत्याशी विजय सुवेदीले ५१९ मत प्राप्त गरी दाहाललाई पछ्याइरहेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १८८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट चित्रसेन अधिकारीले ४७८ मत प्राप्त गरेर अग्रता बनाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को तर्फबाट उपप्रमुखकी प्रत्याशी हिमला गुरुङले ३६७ मत प्राप्त गरेकी छन् ।

 

समाचार https://ekantipur.com/local-elections बाट