बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।
राजनितिमा रहेका व्यक्तीहरु उम्मेदवारी दिएर आफुले गर्ने कार्ययोजना अघि समेत सारेका छन् ।
यसैक्रममा धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाँउपालिकाको अध्यक्ष पदकालागि नेकपा एमालेले टिकट दिएर उमेश कुमार थापालाई अघि सारेको छ ।
मुलपानी, पोखरास्थित महेन्द्रोदय माविमा २०४८ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटि अध्यक्ष भएर राजनीतिमा अघि बढेका थापा राजनीतिमा झण्डै ३० वर्षदेखि क्रियाशील रहेका नेता थापा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार भएका हुन् ।
निरन्तर राजनीतिमा मात्र जीवन अर्पण गर्दै आफ्नो गाउँठाउँ बनाउने हेतुले नै गाउँपालिकाको नेतृत्वमा आउन लागेको बताए ।
अनेरास्ववियु धादिङ क्षेत्र नं. १ का अध्यक्ष, धादिङ जिल्ला कमिटिको विभिन्न पदमा रही अध्यक्ष, बागमती अञ्चल कमिटि सदस्य, राष्ट्रिय परिषद् सदस्य हुँदै केन्द्रीय कमिटिको सदस्यमा बनेर काम गरेका थापाले व्यक्तीगत स्वार्थमा लाग्न बिभिन्न काम गर्न सकिने अवस्था भएकोले मात्र जनताको सेवा गर्नकालागि अघि बढ्न लागेको र राजनीतिक अनुभव र जनताको मर्म नजिक बाट नियालेकै कारण त्रिपुरामा जनताले चाहेकै कामगर्ने प्रतिवद्धता व्यक्त गरे ।
थापा भन्छन् “नेकपा एमाले धादिङ काठमाण्डौ सम्पर्क मञ्चको सदस्य हुँदै सचिव, नेकपा एमालेका ईलाका कमिटि, क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटीमा काम गरेको छु ।मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा धादिङको अध्यक्ष पनि भएर काम गरें ।
एमालेको बागमती प्रदेश कमिटी सदस्य छु । विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरें । म जाँहा भएरपनि सामाजिक सेवामा अघि सरें सबैको कुरा सुन्ने छु । म निर्वाचित भएभने त्रिपुराबासी र गाउँपालिकालै भने जस्तो कसरी बनाउन सकिन्छ त्यही अनुसार काम गछर््ु ।
जनताले काम गर्ने मौका दिनुहुने विश्वास लिएकोछु।”

















प्रतिक्रिया दिनुहोस्