नेपालका लागि यमाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दोस्रो पटक यमाहाको पाँच सय एम्टी बिए ०६ मोटरसाइकल डेलिभर गरेको छ।

भृकुटीमण्डपस्थित कम्पनीको बिहीबारबाट सुरु भएको महाएक्सचेञ्ज मेलाको अवसर पारी मोटसाइकल वितरण गरिएको हो। गत वर्ष सोही मेलामा एम्टी बिएस ०६ मोटरसाइकल सार्वजनिक गरी पहिलो दिन नै दुई सयभन्दा बढी मोटरसाइकल डेलिभर गरेको कम्पनीले जनाएको छ।

यस मोटरसाइकलको पूर्व सफलता र नेपाली बजारमा बाइकप्रेमीहरूको मागलाई मध्यनजर गर्दै यामाहा नेपालले उक्त बाइकका लागि फेरी पनि अग्रीम बुकिङको व्यवस्था गरेको थियो।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो