राजिव परियार – बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार हरुले आफुले गर्ने कार्य योजना सहित घरदैलो अभियान अघि सारेका छन् ।
यसैक्रममा भिमफेदी गाउँपालिकाको लागि नेकपा एमाले तर्फका उम्मेदवारहरुले प्राकृतिक श्रोत, कृषि, पर्यटन र पुर्वाधार सुखी र समृद्ध भिमफेदी निमार्णको आधार भन्दै प्रतिवद्धता पत्र सहित घरदैलो अभियानमा दौडिएका छन् ।
यसैक्रममा अध्यक्ष पदमा उम्मेदवारी दिएका हिदम लामाले भीमफेदी गाँउपालिकामा कसैलाई हराउन नभएर गाँउपालिका समृद्ध बनाउन उमेदवार भएको बताएका छन् ।
सबैले एक पटक प्रतिबद्दता पत्र अध्यन गरेर मतदान गर्ने निर्णय गर्नका लागि अनुरोध गरेका छन् ।
प्रतिवद्धता पत्र हेर्नुहोस् ।

















प्रतिक्रिया दिनुहोस्