म्यादी भर्ना खुलेको दोस्रो दिनसम्म ताप्लेजुङमा साढे ५ सयले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीका अनुसार भर्ना खुलेको दोस्रो सम्ममै ५ सय १३ जनाले आवेदन दिएका छन्।

माग पद संख्या भने ६ सय ६७ जना हो। अधिकारीका अनुसार आवेदन दिएका मध्ये ४२ पुरुष र १२ महिला गरी ५४ जना पूर्व म्यादी प्रहरी रहेका छन्। पहिलो दिन १ सय ४२ पुरुष र २८ महिला गरी १ सय ७० जनाले आवेदन दिएका थिए। दोस्रो दिन सम्ममा ३ सय ८१ पुरुष र १ सय ३२ महिलाले आवेदन दिएका छन्।

अधिकारीले प्रहरी सहायक निरीक्षक (प्रसनि) उम्मेदवार १ जना र प्रहरी जवान उम्मेदवार ३ जनाले पनि आवेदन दिएका छन्। आवेदन दिने म्याद चैत ११ गते साँझ ५ बजेसम्म रहेको छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो