विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेकोे छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०७८/७९ को फागुन मसान्तसम्म (आठ महिनामा) मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ। यसरी हेर्दा मासिक १ खर्ब ४५ अर्ब रूपैयाँको व्यापार घाटा देखिन्छ।
पोहोरको तुलनामा यो वर्ष व्यापार घाटा ३४.५ प्रतिशतले बढी हो। पोहोर सोही अवधिमा व्यापार घाटा ८ खर्ब ६३ अर्ब रूपैयाँ थियो। गत वर्ष १२ महिनाको अवधिमा व्यापार घाटा १३ खर्ब ९८ अर्ब रूपैयाँ रहेकोमा यो वर्षको आठ महिनामै साढे ११ खर्ब बढी पुगेको हो।
आठ महिनाको अवधिमा १३ खर्ब ८ अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भएको छ। पोहोरको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३८.६८ प्रतिशतले आयात बढेको छ। अघिल्ला महिनाहरूको तुलनामा आयात वृद्धिदरमा केही कमी आए पनि समग्रमा घाटा त्यति कम आएको थिएन। माघसम्म आयात ४२.७८ प्रतिशत थियो। पोहोर सोही अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड रूपैयाँको वस्तु आयात भएको थियो। चालु आवको फागुनसम्म कुल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब रूपैयाँ पुगेको छ। यो पोहोरभन्दा ४२.१३ प्रतिशतले बढी हो।
निर्यात व्यापारमा उल्लेख्य सुधार भए पनि सानो हिस्सा भएकाले यसले त्यति ठुलो प्रभाव पार्न सकेको छैन। पोहोरको तुलनामा फागुनसम्मको निर्यात व्यापार ८२.९० प्रतिशतले बढेको छ। फागुनसम्म १ खर्ब ४७ अर्ब रूपैयाँको वस्तु निर्यात भएको छ। पोहोर सोही अवधिमा ८० अर्ब ७७ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो। निर्यातको ठूलो हिस्सामा पाम तेल, सोयाबिन तेल, भटमास तेल रहेको छ। यी वस्तुको कच्चा पदार्थ विदेशबाट आयात गरेर फेरि भारत निर्यात हुन्छ। फागुनसम्म ८४ अर्ब रूपैयाँको तेल भारत निर्यात भएको छ। यो कुल निर्यातको ५७ प्रतिशत हो। कच्चा पदार्थ विदेशबाट आयात भएकाले यसमा धेरै भ्यालु एड हुँदैन।
मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुग्यो
आठ महिनामा १३ खर्ब आठ अर्ब रूपैयाँको वस्तु आयात
आयात ३८.६८ प्रतिशतले वृद्धि
विदेशी विनिमय सञ्चिति ६.७ महिनाको
वस्तु तथा सेवा आयात धान्न सक्ने मात्र
रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले घट्यो
निर्यात व्यापार ८२.९० प्रतिशतले वृद्धि
नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग छ। आठ महिनाको अवधिमा भारतसँगको व्यापार घाटा ६ खर्ब ७८ अर्ब रूपैयाँ पुगेको छ। यो अवधिमा भारतबाट ७ खर्ब ९७ अर्ब रूपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब १८ अर्ब रूपैयाँको मात्र वस्तु निर्यात भएको छ।
रेमिट्यान्स आगमनमा कमी र बढ्दो वैदेशिक व्यापार घाटाले विदेशी विनिमय सञ्चिति घटेको छ। शोधनान्तर घाटा बढेको छ। अर्थतन्त्रका बाह्य सूचक सकारात्मक
उमेर ढल्कँदै गएपछि वृद्धावस्थाका समस्याहरू देखिनु अन्यथा होइन। शारीरिक अशक्तता अनि मानसिक कमजोरी पाको उमेरमा देखिने कठिनाइ हुन्। ६० वर्षमै कुनै दीर्घ रोगले नसमाएका मानिससमेत शारीरिक तथा बौद्धिकरूपले अपांग देखिन्छन् भने कोही भने शताब्दीको नेटो कटेपछि पनि आफूलाई क्रियाशील राख्छन्। कवि माधवप्रसाद घिमिरेले आफ्नो जीवनको १०१ वर्ष ऊर्जाका साथ बिताए। कविता साधना गर्दागर्दै बिते सर्जक। त्यस्तै प्राज्ञ सत्यमोहन जोशीले एक शताब्दी पुरानो देहलाई समेत समाज उपयोगी उत्खननमा लगाइरहेका छन्।
४० वर्ष कटेपछि कहाँ पढ्न सकिन्छ र ? बुढो सुँगा पढ्दैन भन्ने युवा मनग्य भेटिने समाजमा सरकारी सेवाबाट निवृत्त भएर पेन्सन खाएर बस्ने पलमा अध्ययनका लागि अमेरिका हानिने भोजराज पोखरेलहरू पनि छन् भन्ने यथार्थ बिर्सनु हुँदैन। अध्ययन, अन्वेषण र साधनामा सबैको रुचि हुन्छ र हुनुपर्छ भन्ने छैन। तर सबै मानिसमा जीवनको उत्तरार्धसम्म पनि मानसिक तागत नगुमाइ अनि हिँडडुल गर्दागर्दै देहत्याग गर्न सकियोस्, अरूको बोझ नबनी बाँचौँ भन्ने चाहना भने अवश्य हुन्छ। धेरै अध्ययनले जीवन जीउने काइदालाई सामान्य फेरबदल गर्दामात्र पनि सपांग भएरै शताब्दी मानव बन्न सकिन्छ भन्ने देखायो। अनि, त्यसै दिशामा भएका अन्वेषणको चर्चा यो आलेखको लक्ष्य भयो।
वृद्धावस्थामा समेत मानसिक तथा शारीरिकरूपले सबल बन्ने इच्छा सबैको हुन्छ, सत्यमोहन जोशी जस्तै शताब्दी पुरुष बन्ने चाहना धेरैको हुन्छ। तर लक्ष्य भेदनकालागि योगदान र समर्पणको जरुरी पर्छ।
सामान्यतः जीवनको उत्तरार्धतिर मानव मस्तिष्कका भागहरू जीर्ण हुन्छन्। दिमाग शिथिल भएपछि स्मरण शक्ति हराउने ‘डिमेन्सिया’ लगायतका मानसिक रोग देखिन्छन्। तर ती उमेरका कारण देखिने समस्यालाई पूर्वावस्थामा ल्याउन नसकिने होइन भन्छन् ग्लोबल काउन्सिल अन ब्रेन हेल्थका कार्यकारी निर्देशक डा. सारा लक। सेवानिवृत्त भएपछि नियमित काम कारबाहीमा पूर्णविराम लाग्छ। पुस्तान्तरण अनि फरक सोचका कारण आफ्नै घरमा पनि एकांकी जीवन व्यतीत गर्ने अवस्थामा पुग्छन् पाकाहरू। सामाजिक एक्लोपनका कारण डिमेन्सियाको खतरा ५० प्रतिशत बढ्ने भन्छन् विशेषज्ञ डा. लक। तर एकांकीपनबाट जोगिन साथीभाइ तथा परिवारजनको ठूलो जत्था आवश्यक छैन बरु मन मिल्ने सानो समूह पर्याप्त हुने भन्छन् विशेषज्ञहरू। छिमेकी तथा मठमन्दिरमा गुठियारसँगको मनसाट्दासमेत दिमागी ताजगीमा मद्दत गर्ने देखियो। त्यति पनि संभव नभए घरमा पालेका कुकुर बिरालो जस्ता जीवजन्तुसँगको अन्तरक्रियाले समेत ब्रेन हेल्थलाई मद्दत गर्ने भन्छ अध्ययनले। एकान्तपनका कारण पैदा हुने तनावले कोर्टिसोल हर्मोनको उत्पादन बढ्छ। स्टे«स हर्मोनका रूपमा चिनिने कोर्टिसोलले अन्ततः दिमागलाई क्षति पुर्याउने भएकाले स्वस्थ मस्तिष्ककालागि साथीसंगीको आवश्यकता हुन्छ। सामाजिक सुरक्षाकालागि ‘सञ्चय कोष’ को आवश्यकता देखिएझैं मानसिक स्वास्थ्यलाई मध्यनजर राख्दै उमेरमै भरपर्दो साथीसंगीको निर्माणमा लाग्नुपर्ने देखियो। त्यस्तै वृद्धावस्थामा कान नसुन्ने समस्या अस्वाभाविक होइन। सन् २०१९मा ‘जामा अटोल्यारिड्गोलोजी’ मा प्रकाशित एउटा अनुसन्धानले केबल १० डेसिबेल श्रवण क्षमतामा आउने ह्रासले बौद्धिक शक्तिमा ठूलै नकारात्मक प्रभाव पार्ने भएकाले सिनियर सिटिजन्सलाई हियरिंग एडको प्रबन्ध गर्न सके डिमेन्सियाबाट उनीहरूलाई जोगाउन सकिने देखियो।
‘स्ट्रेस’ जीवनको अभिन्न अंगहो। अत्यधिक तनावले धेरै किसिमका शारीरिक थकान ल्याउँछ तर तनावबिहीनताको अवस्थासमेत ब्रेनका लागि लाभप्रद् छैन भन्छन् अन्वेषकहरू। धान्न सकिने मानसिक तनावले मानिसको दिमागलाई चलायमान राख्ने भएकाले जीवनको उत्तरार्धमै पुगेका मानिसलाई समेत ‘च्यालेन्ज’ को अवस्था सिर्जना गर्नुपर्ने ठान्छन् हार्वार्ड मेडिकल स्कुलका न्युरो साइन्टिस्ट सारा लजर। नियमित मन्दिर जान एउटै सडक प्रयोग गर्नुको बदला बेलाबखत धर्म गर्न जाने मार्ग परिवर्तन गरेर केही समय बाटो भुल्दासमेत पनि दिमागलाई फाइदा हुने ठान्छन् विज्ञहरू। जीवनको पूर्वाद्र्धमा जानेको सांगीतिक उपकरण वृद्धावस्थामा प्रयोगगर्दा अथवा नवीन ज्ञान सिक्दा पनि दिमागी तागत ऊर्जावान हुने देखियो।
पाका मानिसमा निद्रा नलाग्नु सामान्य लक्षणहो। राम्रोसँग सुत्न नसक्ने मानिसमा वृद्धावस्थामा अल्साइमरले सताउने भएकाले निद्रालाई कम नआँक्न सल्लाह दिन्छन् अन्वेषकहरू। सुत्नु भन्दा तीन–चार घण्टाअघि नै खानपिनको काम सक्ने, सधैँ एकै समयमा बिस्तारामा जाने अनि ओछ्यानमा गएपछि फोन तथा कम्प्युटर जस्ता इलेक्ट्रोनिक्सहरू प्रयोग नगर्ने गरी आफ्नो कार्यतालिकामा सामान्य परिवर्तन गर्दासमेत अनियमित सुताइको आदतलाई सामान्य बनाउन सकिने देखियो।
नियमित व्यायाम शरीर तथा मस्तिष्क दुवैका लागि फाइदाकारक देखियो। शारीरिक परिश्रमका क्रममा ब्रेनमा ब्रेन डेराइभ्ड न्युरोट्रोपिक फ्याक्टर भन्ने प्रोटिनको उत्पादन बढ्छ। अनि उक्त प्रोटिनले ब्रेनका कोसिका न्युरोनलाई स्वस्थ राख्न मद्दत पुर्याउने भएकाले कसरतलाई जीवनको अभिन्न अंग बनाउनुपर्ने देखियो। पाको अवस्थामा कडा परिश्रम गर्न कठिन हुने भएकाले सामान्य हिँड्डुलसमेत पर्याप्त हुने देखियो।
पाको उमेरमा लाग्ने क्यान्सरलगायतका धेरै किसिमका रोग लाग्नुको मुख्य कारण अणुवांशिक पदार्थ डिएनएमा आउने खराबीलाई शरीरका बायोलोजिकल संयन्त्रले समयमै मर्मत गर्न नसक्नु नै हो। नियमित शारीरिक परिश्रम गर्दा अणुवांशिक पदार्थमा आउने खराबी मर्मत गर्ने संयन्त्र लामो समयसम्म क्रियाशील रहने भएकाले व्यायामले बुढेसकालमा डिएनएमा समस्या आइलाग्ने झण्डै ४० किसिमका रोगहरूको प्रकोप ठान्छन् अमेरिकाको मेयो क्लिनिकका फिजिकल मेडिसिनका प्राध्यापक नेथन लेब्रासर। व्यायामले विभिन्न किसिमका शारीरिक समस्यालाई लामो समयसम्म टाढा राख्ने भएकाले सबै उमेर समूहलाई शारीरिक परिश्रम गर्न सल्लाह दिन्छन् डा लेब्रासर।
स्वस्थ खाना सबै उमेर समूहका लागि समष्टिगतरूपमा फाइदा कारक हुन्छ नै। त्यसमा पनि केही खानाले ब्रेन हेल्थलाई सकारात्मक प्रभाव पार्ने भन्छन् कोलम्बिया युनिभर्सिटीका प्राध्यापक निकोलस स्कार्मिस। मासुमा बल दिनुको बदला खानामा फलफूल, तरकारी, ड्राइ फ्रुट्स तथा सागपातमा जोड दिन सके दिमागलाई ताजगी राख्न सकिने अनि ब्रेन समस्या ४० प्रतिशतले घटाउन सकिने भन्छन् डा. स्कार्मिस। त्यसका अतिरिक्त बोसो कम भएको खना खाँदा उच्च रक्तचापलगायतका मुटुसम्बन्धी समस्या कम हुनेमात्र होइन, बरु हाम्रो पाचन प्रणालीमा रहने अरबौँको संख्यामा रहने ब्याक्टेरिया माइक्रोबायोमलाई सकारात्मक राख्छ। माइक्रोबायोमको बनोटले इम्युन सिस्टमलगायतका विविध स्वास्थ्य आयाममा सकारात्मक प्रभाव पार्ने कुरा बिर्सनुहुँदैन।
लक्ष्यसहितको खटानले मानिसको मस्तिष्कलाई सदैव सकारात्मक ऊर्जा दिन्छ। कुनै व्यक्तिको उपल्लो दर्जाको लक्ष्य अर्को मानिसका लागि निम्नस्तरको काम पनि हुन सक्ला। तर सम्बन्धित व्यक्तिले उच्च मूल्यांकनका साथ सुरु गरेको कामले उसको दिमागी तागतलाई सबल भने बनाउँछ। सन् २०१७ मा फ्लोरिडा स्टेट युनिभर्सिटी साइकोलोजी विभागबाट प्रकाशित एक अनुसन्धानले आफ्नो मनले खाएको काममा खटिरहँदा परिणाम सकारात्मक अथवा नकारात्मक जे आए पनि डिमेन्सिया जस्ता मानसिक रोगले सताउने संभाव्यता ३० प्रतिशतले घट्ने देख्यो। वाग्मती बाको उपनामले परिचित हुतराम वैद्य वाग्मती खोलाको फोहोर सफा गर्न जीवनपर्यन्त लागिरहे। दैनिक हजारौँ किलो खोलामा जम्मा हुने फोहोर जीवनको उत्तरार्धमा पुगेका वाग्मती बाले सफा गरेर संभव थिएन अनि उक्त यथार्थ नेपालकै पहिलो एग्रो इन्जिनियरले बुझेका थिएनन् भन्न सकिन्न। तथापि उनी आफ्नो अभियानमा लागिरहे, बिहानदेखि बेलुकासम्म खोलाको फोहर जम्मा गरे। अधिकांशका लागि महत्वहीन लाग्ने काम वाग्मती बाका लागि सर्वाधिक महत्वको लक्ष्य थियो। कदाचित हुतरामको अभियानलाई कसैले निस्तेज गरेको भए उनी मानसिक रोगको सिकार हुन सक्थे होला। तसर्थ, वृद्ध आमा बाले जीवनको उत्तरार्धमा कुनै काममा अत्यधिक रुचि देखाएको खण्डमा उक्त कार्य असंभव नै देखिए पनि अघि बढ्न हौस्याउनुपर्ने देखियो। ‘डु ह्वाट यु लभ’ भन्ने अवसर प्रदान गर्दा वृद्ध मस्तिष्क पनि जवान दिमाग बन्न सक्छ भन्ने अन्वेषणको नतिजाले देखियो।
वृद्ध अवस्थामा समेत मानसिक तथा शारीरिकरूपले सबल बन्ने इच्छा सबैको हुन्छ, सत्यमोहन जोशी जस्तै शताब्दी पुरुष बन्ने चाहना धेरैको हुन्छ। तर लक्ष्य भेदनकालागि योगदान र समर्पणको जरुरी पर्छ। शाकाहारी खान्की, नियमित कसरत, दिमागलाई सदैव चुनौती दिने बानी अनि आफूलाई आत्मसन्तुष्टि दिने काम गर्ने मानिस मानसिक तथा शारीरिकरूपले सदैव मजबुत हुन्छ भन्ने कुरा अनुभव, अन्वेषण तथा अध्ययनले पुष्टि गरेको अवस्थामा सबैले अबिलम्ब आफ्नो जीवन जिउने काइदामा परिवर्तन गर्न आवश्यक देखियो। संयमित आहारबिहार र आचरणमार्पmत शताब्दी मानव बन्न कठिन छैन भन्ने सबैले बुझ्न जरुरीछ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो



















प्रतिक्रिया दिनुहोस्