मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नंम्बर ५ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेद्धारा हिजोफागुन १ गते उद्घाटन गरिएको हो।
वडा कार्यालय निर्माणका लागि इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का गणेश बहादुर थोकर, कान्छी लामा र बीर बहादुर लामाले उपलब्ध गराएको जग्गामा निर्मित भवनको उद्घाटन गरिएको हो ।
वडाध्यक्ष धनराज महर्जनको सभाध्यक्ष्तामा गरिएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, सामाजिक विकास मन्त्री कुमारी मोक्तान विशिष्ट अतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालको अतिथ्यता रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्