लेटाङ नगरपालिका क्षेत्रमा सोमबार बिहानदेखि लागु हुने गरी कर्फ्यू आदेश जारी भएको छ। आइतबार लेटाङ–५ मा भएको झडपपछि उत्पन्न तनाव हुँदा एकजना महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियाे।
झडपका क्रममा एसपीसहित १८ जना प्रहरी घाइते भएको र आन्दोलनकारीतर्फ ३ जना घाइते भएको प्रहरीले जनाएको छ। यस झडपपछि सोमबार (आज) उग्र रूप लिन सक्ने सम्भावना भएको र दंगा नफैलियोस् भनेर त्यसलाई नियन्त्रण गर्न सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म नगरको विभिन्न क्षेत्रलाई समेटेर कर्फ्यू आदेश जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालले बताए।
लेटाङ वडा नं.५ पूरै, ३ र ४ को गंगे चोक, कमलपुर ,उत्तरमा वडा नं.६ वडा कार्यालयको क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोलासम्मको क्षेत्रमा कर्फ्यू लगाइएको प्रजिअ दाहालले जानकारी दिए।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्