हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष एवम् फुटबल प्रशिक्षक भीम लामा हेटौंडामा सम्मानित भएका छन् ।
जनप्रवाह क्लब हेटौंडा द्वारा शनिबार आयोजित एक कार्यक्रमको आयोजना गर्दै एन्फा महिला मकवानपुरका प्रमुख प्रशिक्षक समेत रहेका लामा सम्मानित भएका हुन् ।
लामा हालै अजरबैजानको राजधानी बाकुमा सम्पन्न अजरबैजान यू–१५ विश्वकप फुटबल महोत्सवमा नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी समेत निर्वाह गर्दै नेपाललाई टियर ‘एफ’ समूहमा तेस्रो स्थान हासिल गराउन सफल भएको योगदानको उच्च मूल्यांकन गर्दै लामालाई सम्मानपत्र प्रदान गरिएको क्लबका अध्यक्ष हरि बहादुर कुँवरले बताए ।
खेलकुद क्षेत्रको विकासमा र सँगै अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्दै जिल्लाको पहिचान स्थापित गर्न लामाकोमहत्वपूर्ण भूमिका निर्वाह गरेको कदर गर्न सम्मान गरिएको अध्यक्ष कुँवरले बताएका हुन् ।
लामा खेलाडी उत्पादन गर्न र खेलाडीलाई प्रोत्साहन गर्ने कार्यलाई प्राथमिकता दिँदै विगत ११ वर्षदेखि फुटबल क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।































प्रतिक्रिया दिनुहोस्