मकवानपुरगढी गाउँपालिकामा वडा नं – ३ का ६ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण भएको छ ।
जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयलाई बुधाबार जग्गाधनी पुर्जा प्रदान गरिएको हो।
जिल्ला भूमि समस्या समाधान समिति गठनपछि मकवानपुरमा पहिलो बुधबार कानुनी प्रक्रिया पूरा गरी पटक पुर्जा वितरण गरिएसंगै समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर कानुनी रूपमा लालपुर्जा वितरणलाई अघि बढाइएको जनाएको हो ।
जिल्ला प्रसाशनका प्रमुख जिल्ला अधिकारी एवम् समितिका अध्यक्ष वसन्त अधिकारी, गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन र समितिका सदस्यसचिव एवम् नापी कार्यालयका प्रतिनीधि लगायतको उपस्थितिमा पुर्जा हस्तान्तरण गरेका हुन् ।
सोहीक्रममा रामबहादुर योञ्जन, उद्धवप्रसाद लम्साल, रुद्रप्रसाद सिंखडा, पदमबहादुर वाइबा, तीर्थप्रसाद अधिकारी र जयराम पुडासैनी रहेका छन् ।
समिति मकवानपुर र मकवानपुरगढी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा लालपुर्जा पाएपछि खुसी व्यक्त गरेका थिए ।
जिल्लामा २५ हजार ५८० अव्यवस्थित बसोबासी, ४ हजार ९सय १ भूमिहीन सुकुमबासी र ५ सय२३ भूमिहीन दलितले फाराम भरेका छन्।