हेटौंडा । दक्षिण भारतीय अभिनेता  रकिङ स्टार यशको मुख्य भूमिका रहेको बहुप्रतीक्षित ग्याङस्टर एक्सन थ्रिलर फिल्म  ‘टक्सिक’  भदौ १० गते बुधबार देखि नेपालभर सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।

गीतु मोहनदासको  निर्देशन रहेको  यस फिल्ममा यशको दोहोरो भूमिका रहेको छ । यशले बाबु र छोराको  निर्वाह गरेका छन् । अघिल्लो समयनै सार्वजनिक ट्रेलरमा देखिए अनुसार अपराध, सत्ता र पावरको को सेरोफेरोमा आधारित रहेको आकलन गरिएको छ ।…………………………………………………………………..

यस फिल्मलाई हेटौंमा NS cinemas, Narayani Mall Hetauda -4 हेर्न सकिन्छ ।
थप जानकारी लिन 057-520949 फोन गर्न सकिन्छ ।

………………………………………………………………….

सार्वजनिक ट्रेलर पछि  अपेक्षा गरिएभन्दा अति नै बढी भयावह र डार्क शैलीको देखिन्छ ।  ट्रेलरमा  पीडा र भावनात्मक अवस्थालाई तीव्र रूपमा प्रस्तुत गरिएको छ । भदौ १० गतेदेखि प्रदर्शनमा आउने पक्का भएको फिल्ममा  नयनतारा, कियारा आडवाणी, रुक्मिणी वसन्त, तारा सुतारिया र हुमा कुरैशीको अभिनय रहेको छ । साथै अक्षय ओबेरोय, सुदेव नायर र अमित तिवारी पनि फिल्ममा देखिनेछन् ।

यशको दोहोरो भूमिकामा  दुवै पात्रलाई फरक र रहस्यमय अनि डरलाग्दो देखिएको छ ।

करिब चार वर्षपछि मुख्य भूमिकामा ठूलो पर्दामा फर्किन लागेका यशका फ्यानका लागि ‘टक्सिक’ विशेष फिल्मका रूपमा हेरिएको छ । अन्तिम पटक सन् २०२२ मा रिलिज भएको सुपरहिट फिल्म ‘KGF: Chapter 2 मा देखिएका थिए । केन्द्रीय फिल्म प्रमाणन बोर्ड ९ (सि.बि.एफ.सि.) बाट  फिल्म ‘टक्सिक’ ले प्रदर्शनको अनुमति पाएको छ । फिल्मको कथा, विषयवस्तु र एक्सन दृश्यलाई ध्यानमा राख्दै ‘टक्सिक’लाई  ए सर्टिफिकेट दिइएको बताइएको छ । ‘टक्सिक’को लम्बाइ करिब तीन घण्टाको आसपास हुन सक्ने अनुमान गरिएको छ ।

‘टक्सिक’मा यशलाई डबल रोलमा  हेर्नपनि  फिल्मप्रति दर्शकको उत्सुकता अझ बढेको छ ।

अभ भनौ फिल्मको प्रर्दशन अगावै निर्देशक गीतु मोहनदासको  समेत निकै चर्चा भएको छ । कथा  समेत गीतु मोहनदास र यशले संयुक्त रूपमा लेखेका हुन् ।

 ‘टक्सिक’  निर्देशक चर्चित मलयालम चलचित्र निर्देशक, लेखिका तथा अभिनेत्री गीतु मोहनदासको चर्चा भएको हो । क्रःमस फिल्म क्षेत्रमै रहेर  जिवनै दिएकी हुन् । अभिनेत्री लेखक देखि बिभिन्न कार्यमा दर्शकको मन जितिसकेकी छन्।  भारतको केरला राज्यस्थित कोचीमा ८ जुन १९८१ मा जन्म भएसंगै पाँच वर्षको उमेरमै ‘ओन्नू मुथल पूज्यम वारे’ नामक मलयालम चलचित्रबाट बालकलाकारका रूपमा अभिनय यात्रा सुरु गरेकी थिइन्। उक्त चलचित्रमा दक्षिण भारतीय सुपरस्टार मोहनलालको  महत्वपूर्ण भूमिकामा थियो ।  सोही अभिनयबाटै  राष्ट्रियस्तरको पहिचान पाएपछि कामलाई अघि बढाइन् । गीतु  ठूलो भएपछि  ‘लाइफ इज ब्यूटीफुल’, ‘थेनकासी पट्टनम’ र ‘वालकन्नाडी’ लगायतका चलचित्रमा अभिनय गरिन्। सन् २००४ मा प्रदर्शनमा आएको  ‘अकाले’ चलचित्रमा उनको अभिनयको विशेष प्रशंसा भएको थियो। उक्त चलचित्रका लागि उनले केरला राज्य चलचित्र पुरस्कार तथा फिल्मफेयर पुरस्कार समेत प्राप्त गरिन्।

अभिनयसँगै गीतुले निर्देशन क्षेत्रमा पनि आफ्नो यात्रा अघि बढाइन्। सन् २००९ मा उनले ‘अनप्लग्ड’ नामक आफ्नै प्रोडक्सन हाउस स्थापना गरिन्। सोही वर्ष उनले ‘केल्कुन्नुंडो’ नामक छोटो चलचित्रमार्फत निर्देशनमा डेब्यु गरिन्। उक्त लघु चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार समेत प्राप्त गरेको थियो।

अभिनयबाट आफ्नो करिअर सुरु गरेकी गीतुले  निर्देशक तथा लेखिकाका रूपमा उतार्न सफल भइन् ।  यश स्टारर ‘टक्सिक’ मार्फत उनको निर्देशनलाई लिएर दर्शकमाझ थप उत्सुकता बढेको छ।