हेटौंडा । ब्रोडकास्टिङ्ग मिडिया हाउस प्रा.लि. द्वारा संचालित रेडियो बुलेटिन एफ.एम.८५.७ मेगाहर्जको सहकार्यमा  नेपाली फिल्म “लिटल स्ट्रार्स” को आइताबार विशेष च्यारिटी सो हुने भएको छ ।

ए.जे. टिम हेटौंडा प्रा. लि. द्धारा निर्माण गरिएको समसामायिक कथा बस्तुमा निर्माण भएको चलचित्र “लिटल स्ट्रार्स”  हेटौंडा – स्थित ओमेक्स सिनेमा हलमा विशेष च्यारिटी सो हुने भएको जनकारी गराइएको हो । निकै अघि निर्माण गरिएको चलचित्र देशमा आएको प्रकोप भूकम्प लगायतका विषयको सेरोफेरोमा रहेर हेटौंडाका युवाहरु द्धारा निर्माण गरिएको चलचित्र हेटौंडाका बिभिन्न व्यक्तित्व माझ प्रर्दशन गर्न लागिएको निर्माण टोलीले जनाएको छ ।
आफ्रने जिल्लबासी युवाहरुले निर्माण गरेको हुँदा यस सोकालागि आफुले सर्मथन गरेको रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिल कुमार खातीले बताए ।
१ घण्टा ४० मिनेट लम्बाइ रहेको चलचित्रको विशेष च्यारिटि सो मा कार्यक्रममा हेटौंडा उपमहानगर मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, जिल्ला समन्व समिति मकवानपुरका प्रमुख ललित घलानको विशिष्ट आतिथ्यता रहने छ ।

कार्यक्रममा  मकवानपुरका बिभिन्न प्रतिनीधि, प्रहरी, प्रशासन, बिभिन्न सामाजिक संघ संस्थाका व्यक्ति, शिक्षक, सञ्चारकर्मी लगायतलाई निमन्त्रण गरिएको खातीले बताए ।

मकवानपुरको कलाको समाजमा राम्रो छाप छोड्ने आसा रहेको बताए ।  सो विशेष  बाट आएको रकम हेटौंडा – ११ मा अवस्थित  “मामाधर नेपाल” संस्थालाई सहयोग गरिने आयोजकको भनाइ रहेको प्रबन्धक खातीले बताएका छन् ।
भाद्र ०७ गते आइताबार बिहान ८ः ३० मा अनिबार्य ओम्याक्स सिनेमा हलमा प्रर्दशन हुने चलचित्र हेरेर साथ दिन आग्रह गरे ।
………………………………………………………………………………………………………………………………………………….
भाद्र ०७ गते आइताबार बिहान ८ : ३० मा
हेटौंडा – ४ स्थित ओम्याक्स सिनेमा हल

थप जानकारीका लागि
सुमित सदासंकर  ९८४५९७७२०२