हेटौंडा । स्वतन्त्र दिवस अर्थात इन्डिपेन्डेनस डे को फुटबल प्रतियोगितामा सहभागी हुन हेटौंडा फुटबल एकेडेमीका टोली छिमेकी मुलूक भारत देशको सिक्किम प्रदेशमा पुगेका छन् । आइतबार साँझा ११ बजेर ३० मिनेटमा हेटौंडाबाट सिक्किमका लागि यात्रा सुरु गरेको हेटौंडा फुटबल एकेडेमीका टोली सोमबार साँझ करिब ५ बजेर ३० मिनेटको समयमा भारतको सिक्किम प्रदेशमा अन्नत पुगेका हुन् ।
हेटौंडाबाट टिम प्रशिक्षक, टिम म्यानेजर र खेलाडीसहित गरेर २५ जनाको हाराहारीमा ११ बजेर ३० मिनेटमा सिक्किम जानका लागि आफ्नो यात्रा सुरु गरेर करिब दिउँसो १२ बजेर ३० मिनेटरको समयमा झापा जिल्लास्थित मेचीनगर नगरपालिकाको काँकडभिट्टामा पुगेका थिए ।
त्यसपछि हेटौंडा फुटबल एकेडेमीका टोलीले काँकडभिट्टाबाट सुरु हुने भारतको पश्चिम वंगालको पानी टंकीबाट आफ्नो यात्रालाई करिब २ बजेको समयमा निरन्तरता दिँदै अन्नतःसिक्किम प्रदेश पुगेका हुन् । सिक्किमका स्थानीय वासिन्दा फुटबल खेलाडी छिरिङ लामाको नेतृत्वमा विगत ३ वर्षदेखि निरन्तर इन्डिपेन्डेनस डे को फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको हेटौंडा फुटबल एकेडेमीका खेलाडीहरुका लागि आवश्यक वास स्थानको व्यवस्था उनलेनै मिलाउने गरेका छन् ।
टिम कप्तानको भूमिका निर्वाह गर्ने छिरिङ लामाले एकेडेमीका खेलाडीहरुमा क कसलाई डिफेन्ड, फरवार्ड, स्टाइकर मिडफिडर लगायत कुन कुन पोजिशनमा खेलाउने हो भन्ने विषयमा पनि निर्णय गर्नेछन् । कप्तान लामाले खेलाडीहरुलाई प्रतियोगितामा सहभागी हुन पूर्व खेलाडीहरुलाई बिहानको समयमा करिब डेढ घण्टाको समय प्रशिक्षण दिनेछन् । त्यही प्रशिक्षणलाई नै आधार बनाएर कुन कुन खेलाडीको कस्तो प्रस्तुती छ भन्ने आधारमा खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराउने बताएका छन् ।
हेटौंडा फुटबल एकेडेमीको टोली सिक्किमको १५ लाख पुरस्कार राशिको फुटबल प्रतियिोगिता, १० लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता, गत वर्ष उपाधि जितेको मुनसोङको ८० औं स्वतन्त्र दिवसको फुटबल प्रतियोगिता, नाम्ची जिल्लाको भाइचिङ्ग भुटियाको फुटबल प्रतियोगिता, पायोङ्ग जिल्लास्थित रम्फोको फुटबल प्रतियोगिता, सीता देवी शर्मा स्मृति फुटबल प्रतियोगिता लगायत अन्य प्रतियोगिताहरुमा छिरिङ लामाकै नेतृत्वमा सहभागी हुनेछन् ।
हेटौंडा फुटबल एकेडेमले आफ्नो पहिलो खेलमा भारतको पश्चिम बंगाल राज्यको कालिम्पोङ जिल्लाको मुनसोङमा आयोजना हुने ८० औँ स्वतन्त्र दिवसको फुटबल प्रतियोगितामा साउन १५ गते माम्रिङ ब्वाइजको सामना गर्नुपर्नेछ । उक्त खेलमा जीत निकाले हेटौंडा फुटबल एकेडेमीको टोली प्रि क्वार्टरफाइनमा प्रवेश गर्नेछन् ।
यस्तै, स्वतन्त्र दिवसकै अवसरमा हुने सीतादेवी स्मृति फुटबल प्रतियोगिताको पहिलोे खेलमा सिक्किम पुलिससँग भिड्नुपर्नेछ मुनसोङमा हुन फुटबल प्रतियोगिताको पहिलो पुरस्कार राशि एक लाख रुपैयाँ र दोस्रो ५० हजार रुपैयाँको भारतीय रुपैयाँको रहेको छ भने सीता देवी स्मृति फुटबल प्रतियोगिताको पहिलो पुरस्कार राशि १५ लाख रुपैयाँ र दोस्रो पुरस्कार राशि १० लाख रुपैयाँको रहेको छ । गत वर्ष सिक्किमको मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा सम्पन्न भएको ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको फाइनल खेलमा आदर्श युथ क्लब सिङ्तामलाई ४–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले दोस्रो पटक उपाधि जितेको थियो ।


















प्रतिक्रिया दिनुहोस्