हेटौंडा । सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिएका छन् । करिब २ महिना पहिलो नेपाल सरकारले साना सामुदायिक, निजी र स्वरोजगारमूलक मिडिया हाउस सञ्चालन गरेर बसेका श्रमजीवि मिडिायाकर्मीहरुले सरकारी कार्यालयबाट बजेट छुट्याएर पाउने गरेको सूचना तथा विज्ञापन नपाउने नीति नियम लागू गरेपछि पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलरमा जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा सोमबार बिहान ११ बजेदेखि १२ बजेसम्म डेढ घण्टा सम्म धर्ना दिएका हुन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा गर, सूचना र विज्ञापन सम्बन्धीत विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर भन्ने नराको लिखित ब्यानर बोकेर धर्ना दिएको थियो । धर्ना सकिएपछि जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले निजी लगानीयका मिडियालाई दिँदै आएको विज्ञापनमा सरकारले रोक लगाएर जुन विभेदकारी निर्णय गरिएको छ यसको सबैले घोर भत्रत्साना गर्नुपर्ने बताएका छन् । सरकारले संविधानको विरुद्धमा गएर समान्ताको हक विरुद्ध काम गर्ने कार्य गरिएकोले चरणवद्ध अन्दोलनमा गर्ने उनले बताए । केन्द्रीय समितिको सर्कुल अनुसार जेठ २९ गते पनि आन्दोलनको कार्यक्रम रहेको उनले बताए ।

धर्ना कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुमागाईं, जिल्ला उपाध्यक्ष भावना रिजालसहित जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागितामा धर्ना कार्यक्रम भएको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी