हेटौंडा उपमहानगरपालिका वडा नम्बर- १२ वडा कार्यालयको पहलमा वडाभित्र रहेका विभिन्न दीर्घ रोगीहरूले हेटौडा – १२ हात्तीगौंडा वडा कार्यालय सँगै रहेको हात्तीगौंडा आधारभूत स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि पाउने भएका छन् ।
हेटौडा –१२ वडा अध्यक्ष अर्जुन प्रसाद तिवारीको सभाध्यक्षता हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा बुधाबार कार्यक्रमको आयोजना गर्दै वडाभित्रका बसोबासी दीर्घ रोगबाट पीडित भएका र औषधि किनेर खान नसक्नेरूका लागि निःशुल्क औषधी वितरण सूरु गरिएको हो । रगत परिक्षणका लागि ल्याबको समेत उद्घाटन गरिएको छ ।


सोहीक्रममा विशेषज्ञ डा. हरु द्धारा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन अन्तरगर्त वडाभित्र बसोबासीहरुको सोहीक्रममा डा. सवना खातुन र डा. प्रियम यादवद्धारा स्वास्थ्य परिक्षण गर्दै दिर्घरोगीहरुलाई निःशुल्क औषधी वितरण गरिएको हो ।



दीर्घ रोगबाट पीडित भएका र औषधि किनेर खान नसक्ने अवस्था भएकाहरूका लागि चलाइएको अभियान सूरुभएकाले अब निःशुल्क औषधी पाइने भयो भन्दै स्थानीहरुले खुसी व्यक्त गरे ।

ल्याबमा स्थानीयहरुले परिक्षण गराउँदा तत्कालका परिक्षणकै क्रममा सुगर, मृर्गौला, एस.य.टी. परिक्षण हुने र समान्य परिक्षण कै लागि अस्पतालै सम्म पुग्नुपर्ने समस्या समाधान भएको हेटौंडा उपमहानगरपालिका ल्याब कर्मचारी प्रकाश चौंलागाँईले बताए ।
सोहीक्रममा डा. सवना खातुन र डा. प्रियम यादवले १२ नं. वडा कार्यालयको यो कदम अतिनै राम्रो भएको बताए ।

कार्यमलाई सम्बमेधन गर्दै प्रमुख अतिथि राजेश बानियाँले १२ नं. वडामा गरिएको काम महत्वपुर्ण भएको बताए । निःशुल्क औषधी बितरणका कारण मानिसमा हुने बिभिन्न रोग र निरन्तर औषधी खानुपर्ने पैसा नहुनेहरुका लागि समस्या नहुने भन्दै खुसी व्यक्त गरे । ल्याव सूरुहुनुले सूरुवाती परिक्षण रगत परिक्षणमा हेटौंडा सम्म पुग्नुपर्ने र दिनभरिको समय लगायतका समस्य समाधान हुने उल्लेख गरे ।

यसै विच अध्यक्ष अर्जुन तिवारीले आफूले चुनाव जितेर आएपछि वडाभित्र रहेका दिर्घरोगी व्यक्तित्वहरुलाई हेर्दै गर्दा औषधि किनेर खान सकिन भन्नेहरु वडामा रहेको जानकारी पाएपछि निशुल्क औषधि वितरण आश्यकक्तामा राखेको बताएका हुन् ।
जनताले तिरेको करबाट जनताले सदुपयोग गर्न पाउनुपर्ने प्रमुख कुरा रहेको उल्लेख गर्दै जेठ १३ गते बुधबार देखि सूरु भएको र सेवा लिनकालागि वडाको स्थायी बसोबास खुल्ने परिचयपत्र अनिवार्य लिएर हेटौडा १२ हात्तीगौंडा वडा कार्यालय सँगै रहेको हात्तीगौंडा आधारभूत स्वास्थ्य केन्द्रमा आउनका लागि आग्रह गरे । सूरु गरिएको यो अभियानलाई निरन्तरता दिइने अध्यक्ष तिवारीले प्रतिद्धता गरे ।

सोही कार्यक्रममा, बिभिन्न टोलबिकासका प्रतीनीधि,वडा कार्यालय सदस्य ज्ञान बहादुर श्रेष्ठ गीता परियार महेश भट्टराई वडा सचिव रामलाल थिङ साहेक लेखा अधिकृत रविन्द्र घिमिरे, सोमनाथ बलामी, सन्चो अस्पताल हेटौंडाका अध्यक्ष लक्ष्मण अधिकारी लगायतको आतिथ्यता रहेको थियो।























प्रतिक्रिया दिनुहोस्