सुर्खेतको भेरिगंगा ४ स्थित रत्न अधिकारी स्मृति प्रतिष्ठानले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ। यहीं चैत ५ गतेका दिन भेरिगंगा १२ मा रहेको छिन्चु शारदा माविमा सो शिविर हुन लागेको हो।
शिविरमा वरिष्ठ फिजिसियन डा. के.एन पौडेल, हाडजोर्नी विशेषज्ञ डा. किशोर बिष्ट, स्त्रीरोग विशेषज्ञ डा. ललित जंग शाही, दन्त रोग विशेषज्ञ डा. बिमल खत्रीले परीक्षण तथा उपचार गर्ने छन्।
शिविरको प्राबिधिक सहयोग भेरोगेडा डेन्टल क्लिनिक, सुर्खेत अस्पताल र जिपि मेमोरियल अस्पतालले गर्ने आयोजकले जनाएका छन्।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्