हेटौंडा । हेटौंडामा दोस्रो बृहत् कृषि, पर्यटन तथा खेलकुद महोत्सव सुरु भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट हेटौंडा–१०,स्थित टिसीएन चौरमा बृहत् कृषि, पर्यटन तथा खेलकुद महोत्सव सुरु भएको हो । शुक्रबारबाट सुरु भएको महोत्सवको उद्धाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षमा भएको हो ।
महोत्सवको सुरु भएको पहिलो दिन हेटौंडा–४,स्थित हुप्रचौरबाट तेक्वान्दो, कराँते लगायत विभिन्न विद्यालयका विद्यार्थीको सहभागितामा हेटौंडा बजारभित्र ¥याली परिक्रमा समेत गरिएको थियो । प्रतियोगितामा ६ वटा विधाका खेलहरु सञ्चालन गर्नेगरी कार्यतालिका बनाइएको छ । जस अन्तर्गत १० किलोमिटरको महिला तथा पुरुषको दौड प्रतियोगिता आज बिहानै सम्पन्न भइसकेको छ ।
पुरुषतर्फको दौडमा सुवास हेम्जन, सन्दीप विक र राजकुमार गोल प्रथम द्वितीय र तृतीय भएका छन् । यस्तै, महिलातर्फको दौडमा साधना लोप्चन, अमृता लोप्चन र सवीना गोले प्रथम, द्वितीय र तृतीय भएका छन् । उनीहरुलाई प्रतियोगिताको उद्धाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नगद तथा मेडल पुरस्कार हस्तान्तरण गरेका हुन् ।
उद्धाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले यस्ता प्रकारका महोत्सव गर्नका लागि आवश्यक सहयोग गर्नबाट प्रदेश सरकार पछि नपर्ने बताएका छन् । बागमती प्रदेशको गौरवको रुपमा काठमाडौं दश्रथ रंगशाला जस्तै हेटौंडामा पनि गौरिटार रंगशाला रहेको उनले जानकारी गराए । गौरिटार रंगशालामा विभिन्न खेल प्रतियोगितासँगै खेल महोत्सव गराउने पनि स्थितिमा रहेको उनले स्पष्ट पारे । अब प्रदेशको गौरवको योजना रुपमा १ अर्भ भन्दा बढी बजेटको योजनाको रुपमा अगाडि बढ्ने उनले बताए ।
जिल्ला खेलकुदका अध्यक्ष मोक्तानले राष्ट्रयका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ विभिन्न ६ विधाका खेलहरुलाई समावेश गरेर महोत्सवको आयोजना गरेको उनले बताए । उनका अनुसार खेलकुदबाट खेलाडीहरु विदेश पलायन भइरहेको अवस्थालाई मध्ये नजर गरेर व्यवसायीक खेलकुदमा खेलाडीहरुलाई जोड्ने लक्ष्य लिएको उनको भनाई छ ।
उद्धाटन समारोहमा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललितबहादुर घलान, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख बसन्त अधिकारी, मकवानपुर उद्योग वाणिजय सघका अध्यक्ष प्रमोद सिंह रानाभाट लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा तेक्वान्दो, कराँते, भलिबल, व्याड्मिन्टन, जिल्लास्तरीय खेलकुद लगायतका प्रतियोगिताहरु सञ्चालन हुनेछ । महोत्सव चैत १४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको समापन समारोहमा खेलकुदमा योग्दान दिने व्यक्तिलाई सम्मान पनि गरिने बताइएको छ ।

















प्रतिक्रिया दिनुहोस्