आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै छ । गत भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको कारण एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएपछि संसद विघटन मार्फत सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । जेनजी आन्दोलन पछिको संसद विघटनको कारण यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य पदको निर्वाचन देशभरी नै हुँदैछ । जसमा नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, समाजवादी, प्रगतिशिल लोकतान्त्रि लगायतका पार्टीबाट तथा स्वतन्त्र उम्मेद्वारगरी मकवानपुर क्षेत्र नम्बर–१ र मकवानपुर क्षेत्र नम्बर–२ बाट कूल ४४ जना प्रत्यक्षतर्फमा उम्मेद्वार रहेका छन् । नेपाली काँग्रेसकी पूर्व सहमहामन्त्री समेत रहेकी महालक्ष्मी उपाध्याय डीनाले धेरै पटक हार व्यर्होर्दापनि यस पटक फेरि पनि जनताका लागि केही गर्छ भन्ने उद्देश्यले लिएर चुनावमा होम्मिनु भएको छ । उहाँको उम्मेद्वार किने कस्तो एजेण्ड बोकेर चुनावमा उठ्नु भएको भन्ने विषयमा केन्द्रीत रहेर काँग्रेसकी पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनासँग रातो समाचारकर्मी राजेश गरिबले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
………………………………………………………………………………………………………………………………………………………

राजेशः बारम्बारको हार व्यर्होर्दापनि फेरि चुनाव लड्न लाग्नु भएको छ ?
डीनाः निर्वाचनमा म धेरै पटक होमिएकी हुँ । महिलाहरुलाई पनि जगाउनका लागि पनि चुनावमा उठ्नुपर्छ, महिलाहरुको अस्तित्व बढाउनुपर्छ भनेर चुनावमा होमिन लागेकी हुँ । हामी समानुपातिकको लागि मात्र हैन भूगोलमा हाम्रो प्रतिनिधित्व के हो त ? अब त्यस कारण क्षेत्रबाटै निर्वाचित भएर जनताको सेवा गर्ने बिचार गरेर चुनाव लड्न एजेण्ड बनाएकी हुँ । पटक होमिएर हार व्यवर्होरेपनि यस पटक जनताले साथ दिन्छन् भन्ने विश्वास लिएकी छु ।
राजेश : जनताका लागि न्याय गर्छु भन्ने व्यक्ति आफैँ न्याय माग्दै हुनुहुन्छ ?
डीनाः आफू संसदमा पुगेपछि हिजोको दिनमा समानुपातिकमा जाँदाफेरि राजनीतिमा, राष्ट्रिय रणनीतिमा नेपाली महिलाहरुका लागि, नेपालमा तमाम पिछ्डिएका महिलाहरुका लागि नेपालको संविधान बनाउने क्रममा त्यो समयमा मेरो महत्वपूर्ण भूमिका पनि थियो त्यो समयमा । मैले गर्ने भनेको मलाई न्याय मात्र होइन जनताको पक्षमा काम गर्ने भएकोले जनतालाई पनि न्याय गर्छु भनेकी हुँ ।
राजेशः अहिले नेपाली काँग्रेसबाट उम्मेद्वार बन्नु भएको छ । केहि समय अगाडि एउटा मत भेद थियो । डीना पक्ष र इन्द्रबहादुर बानियाँ पक्षको चौतर्फी विवाद पनि आएको थियो । अहिले चुनावको समयमा आएर हामी एक हौं भनेर हिड्नु भएको छ, यसरी जित्छु भन्ने के आधार छ ?
डीनाःहामीले जित्छौं भन्ने धेरै आधार छ । अब पक्ष विपक्ष भन्ने पार्टीको आन्तरिक कुरा हुन्छ । त्यो आन्तरिक प्रतिस्पर्धा काँग्रेस बाहेर अरु सबै पार्टीमा छ । आन्तरिक कुरा हेर्ने हो भने यहीको राष्ट्रिय पार्टीको प्रतिस्पर्धा छ । अहिले नयाँ पलायका पार्टीमा पनि प्रतिस्पर्धा भएको कारणले कसले टिकट पायो पाएनन् भन्ने कुरामा पनि होड बाजी चलिरहेको छ । त्यस कारण यो हाम्रो आन्तरिक प्रतिस्पर्धा थियो र हामीले हिजो यो आन्तरिक प्रतिस्पर्धालाई एउटा घमण्डको रुपमा लिएर गएम त्यो कारणले हामीलाई हिजोको निर्वाचनमा थोरै मत पराजित भएर घाटा भयो । त्यस कारण यो पाली हाम्रो सहमति के छ भने हामी आन्तरिक लडाइमा लडिराखौंला । तर आम जनताको लागि काम गर्ने नेपाली काँग्रेस पार्टी हामी जुन उद्देश्यले र जुन बिचारले अगाडि बढेका थियौं त्यो बिचारलाई एकै ठाउँमा राखेर तमाम पार्टीका क्रियाशिल सदस्यसम्मको युनाइट गर्ने काममा हामी लाग्यौं । जसको प्रतिफल आम पार्टी युनाइट हुँदा चुनाव जितिन्छ भन्ने विश्वास लिएका छौं ।
राजेशः नेपाली काँग्रेसले तपाइँलाई टिकट दिएर उम्मेद्वार बनाएको छ । यो भन्दा पहिले पार्टीले टिकट दिँदै गर्दा एकपक्ष डीना, एक पक्ष बानियाँ भनेर जनतामाझ गइरहेको अवस्थामा अब हामी एक हौं भनेर चुनावमा जाँदै गर्दा आफ्नै पार्टी भित्र आफैँमा मेल मिलाप छैन । त्यस कारण जनताले काँग्रेस माथि कसरी विश्वास गर्ने ?
डीनाः मेल मिलाप त भइसक्यो त । आन्तरिक प्रतिस्पर्धा पार्टीमा पदिय जिम्मेवारीका लागि हुन्छ । त्यो भएको थियो तर अब यो कुरा दोहोरिँदैन । हामी घरको परिवाहरु हिजो हामी रिसाएर आफैँमा झगडा गरेका थियौं होला तर घरको समस्या घरभित्रै समाधान भइसकेको छ । अब जनताले पनि हामीलाई के भनिसकेका छन् भने हिजो झगडा हँदा पनि म थोरै मतले पराजित भएको थिएँ । हिजो झगडा थियो भनेर सडकमा झगडा होइन आन्तरिक झगडा हो । त्यस कारण आम जनताहरुले मलाई देखेका छन् । मैले निर्वाचनमा पराजित भएपछि पनि धेरै ठाउँमा काम गरेकी छु । धेरै ठाउँमा जनताको मत जित्न सफल भएको छु । त्यसकारण निर्वाचन जितिन्छ ।
राजेशः डीनाले चुनाव जितेपछि काम गर्नेछन् भन्ने के आधार छ ?
डीनाः आधार भनेको संविधान निर्माणको क्रममा म थोरै छ महिना मन्त्री हुँदा खेरी मकवानपुर जिल्लाको धेरै विविध कारणको कामहरु उर्जामन्त्री हुँदा धैरै विविधकरणका कामहरु गरेकी छु । जनताले मलाई आजपनि सम्झिरहनु भएको छ । त्यो मात्र नभई मकवानपुरको यो हेटौंडा नगरमा हिजोको दिनमा समस्याहरु थियो । त्यो समयमा पनि उद्योगहरु सञ्चालनमा आउनुपर्छ भनेर ६ महिना भित्र जुन काम गरेर एकदमै रफतारमा चुनावी सरकार थियो । उद्योगहरुलाई पुन सञ्चालनमा ल्याउने कामहरु गरेकी छु । त्यो समयमा राष्ट्रिय राजनीतिमा निर्माणमा संविधान सभामा धेरै महत्वपूर्ण भूमिकाहरु निर्वाह गरेकी छु । अहिले पनि मलाई के लाग्छ भने मकवानपुरको विकास दियो मूलूकको अध्यारो जस्तो छ । यो विकासलाई चिर्नका लागि पनि मेरो उम्मेद्वारी हो । मसँग धेरै आधारहरु छन् । मैले आम पब्लिक भाषणमा यी कुराहरु स्पष्ट दिइसकेकी छु । त्यसैगरी मैले गरेका कामहरु र म गर्छु भन्ने मेरो संकल्प मेरो प्रतिवद्दताहरु आफ्न वएबसाइट बनाएर त्यसमा हालि सकेकी छु । आम मतदाताहरुले त्यसमा सुझाव दिने गरेका छन् । अब त काम गर्नुपर्छ र काम गर्न सक्नुहुन्छ भन्ने सुझाव मतदाताबाट आएका हुनाले म जित्ने निश्चित छु ।



















प्रतिक्रिया दिनुहोस्