हेटौंडा । चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत कमाने रोयल्स र कमाने थर्डआई जापान समुराई लिग चरणबाट बाहिरिएको छ । लिगको ३ खेल खेलेर एक खेलमा पनि जीत निकाल्न नसकेको र लिगको ४ खेल खेलेर १ जीत मात्र निकालेको कमाने रोयल्स र कमाने थर्डआई जापान लिग चरबाटै बाहिरिएको छ ।

लिगका खेलहरुमा निराशाजनक हार व्यवर्होरेको कमाने रोयल्स र कमाने थर्डआई जापान अन्य खेल खेल्न बाँकी भएपनि फाइनल खेल खेल्न नपाउने पक्का भएको छ ।

बिहीबारको दोस्रो खेलमा कमाने रोयल्सले कमाने एक्सपर्ट भिजन–११ प्रतिस्पर्धा गरिरहेको छ । भोलि शुक्रबार हुने अन्तिम खेलमा कमाने रोयल्सले कमाने राइडर्ससँग र कमाने थर्डआई जापान समुराईले कमाने इप्लानेट ब्लास्टरसँगै प्रतिस्पर्धा गर्नुपर्नेछ ।

कमाने रोयल्स कमाने लायन्स, कमाने इप्लानेट ब्लास्टर र कमाने थर्डआई जापानसँग लिगको खेलहरुमा पराजित भएको थियो । यस्तै,कमाने थर्डआई जापान कमाने एक्सपर्ट भिजन, कमाने राइडर्स र कमाने लायन्ससँग लिगको खेलहरुमा पराजित भएको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि मुख्य प्रायोजकको रुपमा हेटौंडा–४,स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट सोसिएल एण्ड साइनस रहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी