हेटौंडा । आसन्न प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको निर्वाचनको लागि मनोनयन दर्ता सकिएको छ । हेटौंडा–११, थानाभर्‍याङस्थित कृषि तथा थोक बजारमा रहेको निर्वाचन कार्यालयमा बिहान ९ः३० बजेबाट सुरु भएर साँझ ४ः०० बजे मनोनय दर्ता सकिएको हो । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर–१ बाट २३ जना र क्षेत्र नम्बर–२ बाट २१ जनागरी ४४ जनाले मनोनयन दर्ता गराएका छन् । मकवानपुर क्षे नम्बर–१ बाट १० जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ भने १२ जनाको दलीय उम्मेद्वारी परेको छ ।

मंगलबार मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), मंगोल नेशनल अर्गजाइजेशन, नेपाल मजदुर पार्टी किसान, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी एकृकीत माक्सवादबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराइएको छ ।

यस्तै, मकवानपुर क्षेत्र–२ मा जनता समाजवादी पार्टी, राष्ट्रिय जनर्मोर्च, उज्यालो नेपाल पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवाद लेनिनवादी), श्रम संस्कृति पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, संयुक्त नागरिक पार्टी, प्रगतिशील लोकतान्त्रि पार्टी, नेपाल मजदुर किसान पार्टी, नेशनल रिपब्लि नेपाल, आम जनता पार्टी र मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेद्वारी दर्ता गरिएको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट ३ जनाको स्वतन्त्र उम्मेद्वारी र १६ जनाको दलीय उम्मेद्वारी परेको निर्वाचन अधिकृत कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुुर क्षेत्र नम्बर १ बाट १ लाख ५८ हजार ४३५ जनाले मतदान गर्नेछन् भने क्षेत्र नम्बर–२ बाट १ लाख ५६ हजार ८ सय ९९ मतदान गर्नेछन्  ।

रातो समाचार संवाददाता
थप जानकारी