रोशन दिप – मकवानपुरमा सुविन खत्रीको संयोजकत्वमा जेन–जीले ४० सदस्यीय समिति गठन गरेको छ ।
भदौ २३ र २४ गतेदेखि देशभर आन्दोलनमा सक्रिय रूपमा अन्याय, भ्रष्टाचार र व्यथिति विरुद्ध लागिपरेका युवाहरुलाई एकजुट गरेर समेट्ने उद्देश्यले मकवानपुरे युवाहरुसँग भएको प्रत्यक्ष छलफल पछि समूहलाई आधिकारीक बनाउन लागेको जेन–जी आन्धोलनका प्रतिनिधी अभियान्ता मिराज ढुङ्गानाले बताए ।
संयोजकमा सितोरियो संघ नेपालका राष्ट्रिय खेलाडी सुविन खत्री चयन भएका छन् भने सचिवमा नवीन रावत चयन भएका छन् । त्यसैगरि कोषाध्यक्षमा सुजन दाहाल र अन्य ३७ जनालाई सदस्य चयन गरिएको खत्रीले जानकारी दिए ।
























प्रतिक्रिया दिनुहोस्