हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले वार्षिक कार्यसम्पदानका लागि सम्झौता गरेको छ । मंगलबार प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले मातहत कार्यालय प्रमुखहरूसँग प्रत्यक्ष एवं भर्चुएल माध्यमबाट वार्षिक कार्यसम्पादन सम्झौता गरेको हो । चालु आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा निर्देशन दिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालयको पनि उपस्थितिमा बागमती प्रदेश प्रहरी अन्तर्गतका बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली नगरपालिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, बागमती प्रदेश प्रहरीगण हेटौंडा, जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा गरी जम्मा १४ वटा कार्यालयका प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेको प्रहरी महानिरीक्षक अरुण पौडेलले बताएका छन् । उनले शान्ति सुरक्षा, गर्ने, अपराध अनुसन्धान गर्ने, प्रशासन व्यवस्थापनम सहनशीलताका क्षेत्रहरू लगायतका विषयहरूमा वार्षिक लक्ष्य पूरा गर्ने गरी काम कारवाही गर्ने विषयमा कार्यसम्पादन गर्नेगरी निर्देशन दिएको बताए ।



























प्रतिक्रिया दिनुहोस्