मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत  कोभिड १९ विरुद्धको खोप अभियान संचालन हुने भएको छ ।
पालिका द्धारा एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गत माघ ४ र ५ गते सम्पूर्ण वडाहरुमा गएको पौष ४ र ५ गते खोपको पहिलो मात्रा लगाएका १२ देखि १७ वर्षका सम्पूर्ण बालबालिकाहरुलाई सोहि खोपको दोस्रो मात्रा तथा असार मसान्त सम्ममा कोभिड १९ विरुद्धको पूर्ण खोप दोस्रो मात्रा लगाइसकेका अग्रपंतीमा खटिने व्यक्तिहरुलाई कोभिड शिल्ड र एस्ट्राजेनेका र भेरोसेल खोपको बुस्टर मात्रालगाईने अध्यक्ष हिदम लामाले बताए ।
पायक पर्ने खोप केन्द्रमा गइ खोप लगाउन सम्बन्धित सबैमा जानकारी गराउदै खोप लगाउन जाँदा पहिले प्राप्त भएको खोप कार्ड अनिवार्य रुपमा रुपमा लिएर जानअनुरोध गरिएको छ ।