हेटौंडा । लागूऔषध खैरोहेरोइनसहित हेटौंडा–१०,स्थित बसपार्कबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ का १९ वर्षीय प्रितम बल रहेका छन् । बुधबार ३ बजेर १५ मिनेटको समयमा लागूऔषध ओसारपसार भइ रहेको छ भन्ने खबर प्राप्त हुन साथ मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा बसपार्क स्थित ठेकिको छेउमा शंकास्पद रुपमा उभिरहेका अवस्थामा प्रितम बललाई रितपुर्वक खानतलासी गर्दा निजले आफ्नो पाईन्टको खल्तीमा प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा १६ ग्राम ४०० मिलि ग्राम लागूऔषध खैरो हेरोईन फेला पारेको थियो ।
प्रहरीले फेला पारेका लागूऔषध ।

लागूऔषध खैरो हेरोइनसहित बललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषधको कसुर मुद्दामा ३ दिनको म्याद थपको अनुमती लिई थप अनुसन्धान हिरासदमै राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समयमा लागूऔषधसहित पक्राउ पर्ने प्रतिवादीहरुको संख्यमा बढ्दै गएको छ ।

















प्रतिक्रिया दिनुहोस्