रोशन दिप – लायनस क्लब अफ मकवानपुर सिल्भर कपरले शुक्रबार हेटौडा ८ स्थित कमानेमा रहेको क्रिया पुत्रीभवन, चौतारा तथा स्नान घर उद्घाटन गरेको छ ।

सिता कार्की सभाध्यक्षता र टाँशी डोल्मा तुम्बा हाम्फेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम गरिएको हो ।

सिल्भर कपल राम चन्द्र पौडेल र प्रभा पौडेलको सहयोगमा निर्माण कार्य सम्पन्न गरि स्थानिय वासीलाई हस्तान्तरण गरिएको हो ।

भवन निर्माणमा सुशिल चालीसे प्याकुरेल, ताशी डोल्मा तुम्बा हाम्फे, अमित शर्मा, राजकुमार आचार्य, गणेश कुमारी श्रेष्ठ, संकेत यादव, दिप्पी भण्डारी, गंगा अर्याल, प्रदिप लामीछाने, शम्भु नकर्मी, जेपी यादव, शुनिल श्रेष्ठ, चन्द्र बहादुर श्रेष्ठ, सिता कार्की लगाएतको व्यक्तिगत सहयोग गरेका हुन् ।

हेटौडा उपमहानगरपालिकाको समेत सहयोग रहेको छ भने संस्थागत तर्फ मकवानपुर महिला उधमी व्यवसायी सङ्घ, लायन्स क्लब हेटौडा मनकामना, लायन्स क्लब मकवानपुर बजार सिल्भर, लायन्स क्लब हेटौडा भुटनदेवी बजार, लायन्स क्लब हेटौडा पाथीभरा गोल्डको सहयोग रहेको छ ।