मैत्रीपूर्ण फुटबल खेलमा सहभागी हुन पहिले एन्फा मकवानपुर र बागमती पुलिस क्लबबीच खिचिएको सामूहिक तस्बीर ।

हेटौंडा । एन्फा मकवानपुर नेपाल र बागमती पुलिस क्लबबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । हेटौंडा–११,थानाभ¥याङस्थित बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको खेलमैदानमा एन्फा मकवानपुर र बागमती पुलिस क्लबबीच मैत्रीपूर्ण फुटबल खेल भएको हो । मंगलबार भएको मैत्रीपूर्ण खेलमा एन्फा मकवानपुरले बागमती पुलिसलाई २–१ गोल अन्तरले हराएको छ । पहिलो हाफको खेलमा एन्फा मकवानपुरका लागि उत्कृष्ट चौहानले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । सुनिल सुर्खेतीले दोस्रो गोल गरेका थिए । बागमती पुलिसका लागि लिलबहादुर पुलामी मगरले दोस्रो हाफको खेलमा गोल गरेका थिए ।

एन्फा मकवानपुरका मुख्य प्रशिक्षक भीम लामाले बागमती पुलिस र एन्फाको टिमबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराएको जानकारी दिएका छन् । एन्फा मकवानपुरको प्रशिक्षणमा नियमित रुपमा करिब २९ जना खेलाडीहरु सहभागी हुने गरेको प्रशिक्षक भीम लामाले बताए । एन्फामा आवद्ध भएका खेलाडीहरुलाई साँझ ४ बजेर ३० मिनेटबाट हेटौंडा–४,स्थित हुप्रचौरमा प्रशिक्षण दिने गरेको उनले बताए । खेलाडीहरुले प्रशिक्षणको समयमा लिएको ज्ञानलाई मूल्याङ्कन गर्न, क्षमताको विकास गर्न र बाहिरी जिल्लाको प्रतियोगिताका लागि तयार पार्नका लागि यस्तो गर्न आवश्यक रहेको उनको भनाई छ । उनले विशेषगरी ४ विधामा खेलाडीहरुलाई प्रशिक्षण दिने गरेको बताए । अट्याकिङ, पोजेटिभ ट्रान्जीसन, नेगेटिभ ट्रान्जीसन र डिफेन्सीपको टे«निङ दिने गरेको र यी मुमेन्टले बढी ड्रिल प्रशिक्षण गराउने गरेको छ ।

उनले विगद ७ महिनादेखि एन्फाका खेलाडीलाई फटबल प्रशिक्षण दिँदै आइरहेको छन् । हेटौँडा फुटबल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षण समेत रहेका लामाले एकेडेमीका खेलाडीहरुलाई पनि विगत ९ वर्षदेखि प्रशिक्षण दिँदै आइरहेका छन् । यस अघि हेटौंडा फुटबल एकेडेमी र एन्फा मकवानपुरबीच उनले मैत्रीपूर्ण खेलको आयोजना गरेका थिए । सिस्नेरीको बत्सलादेवीमा प्रशिक्षार्थीको रुपमा प्रशिक्षण लिइरहेका समयमा भारी वर्षाको कारणले कुलेखानी ड्याम्पको ढोका खेलेपछि ६ जना किशोर खेलाडीहरुले पहिरोमा परेर मृत्यु भएको थियो । त्यसपछि त्यस ठाउँबाट खेलाडीलाई सारेर हाल हेटौंडा–४,स्थित हुप्रचौरमा प्रशिक्षण दिइरहेको छ ।