हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८,स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको छ । टोल विकास नगर समन्वय समिति हेटौंडाको आयोजनामा ५६ औं विश्व वातावरण दिवसको अवसरमा जारी सप्ताहव्यापी कार्यक्रको पाँचौ दिन चन्द्रोदय माविमा वृक्षारोपण गरिएको हो । हेटौंडामा वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले सहित निम, अमला, मसला लगायतका विभिन्न प्रजातिका बिरुवाहरू रोपरे वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
बीरुवाहरुको संरक्षण गर्नका लागि त्यसको नाश हुन नदिन रोपिएका बिरुवाहरूको तारजाली सहित व्यवस्थापन गरेर वृक्षारोपण गरेको थियो । टोल विकास संस्था नगर समन्वय समिति, डिभिजन वन कार्यालय मकवानपुर, हेटौंडा–८ को टोल विकास वडा समन्वय समिति, मकवानपुर र चन्द्रोदय मा.वि, को संयोजनमा वृक्षारोपण सम्पन्न भएको हो ।
टोल विकास नगर अध्यक्ष अध्यक्ष ध्रुव अधिकारीले “वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणजस्ता अभियानहरू अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । उनले केवल हरियाली बढाउने भन्दा पनि वातावरण स्वच्छ राख्न सहयोग गर्ने, साथै युवाहरूलाई पनि प्रकृतिप्रतिको प्रेम र उत्तरदायित्वका भावनाले प्रेरित गर्ने भएकोले कार्यक्रम गरेको बताए । टोल विकास संस्थाहरूको अग्रसरता र सामूहिक प्रयासले मात्र समृद्ध र हरित हेटौंडाको निर्माण सम्भव रहेको उनले दावी गरेका थिए ।
कार्यक्रममा वातावरणप्रेमी संघसंस्था, विद्यालय, स्थानीय समुदायका प्रतिनिधिहरू, विद्यार्थीहरू तथा सञ्चारकर्मीहरूको सक्रिय उपस्थिति थियो। कार्यक्रममा सहभागीहरूले वृक्षारोपणजस्ता कार्यक्रमलाई निरन्तरता दिँदै वातावरण संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता हेटौंडा–८ का वडा सदस्य गोरखनाथ राय तथा हेटौंडा–२ का वडा सदस्य एवं वन, वातावरण तथा विपद व्यवस्थापन समितिका सदस्य इन्द्र रिजालको विशेष आतिथ्यतामा रहेको थियो । भोलि जुन ५ को दिन विश्व वातावरण मनाउँदै सप्ताहव्यापी कार्यक्रमको समापन गरिने छ । भोलि हेटौंडा–४,स्थित हुप्रचौरबाट ¥याली सुरु गरेर रोयल पार्टी प्यालेसमा विशेष कार्यक्रम सहित सप्ताहव्यापी कार्यक्रमको समापन गरिने छ ।














प्रतिक्रिया दिनुहोस्