हेटौंडा । हेटौंडामा जलवायु सचेतनाःसमस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास विषयक प्यानल डिस्कसन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको टोल विकास नगर समन्वय समितिले ५६ औं विश्व वातावरण दिवसको अवसरमा जारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार जिल्ला समन्वय समिति मकवानपुरको सभा हलमा जलवायु सचेतना ः समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास विषयक प्यानल डिस्कसन कार्यक्रमको आयोजना गरेको हो । जलवायु परिवर्तनसम्बन्धी समस्या र त्यसका समाधानमा समुदायको भूमिकाको विषयमा छलफल गर्नका लागि अयोजना गरिएको प्यालन डिस्कसनलाई अन्नत बानियाँले सहजीकरण गरेका थिए ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, वातावरण विद डा. बलराम भट््ट नवराज खतिवडा र टोल विकासका अध्यक्ष धूर्व अधिकारीले वक्तोको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको मार्फत हेटौंडालाई वातावरणमैत्री र जलवायु–संवेदनशील शहरका रूपमा स्थापित गर्न सकिने बताइएको छ । समुदाय, स्थानीय सरकार, विज्ञ र निजी क्षेत्रबीचको समन्वयमार्फत हेटौंडालाई वातावरणमैत्री र जलवायु–संवेदनशील शहरका रूपमा स्थापित गर्न सकिने निष्कर्ष कार्यक्रमबाट निकालिएको छ । कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका स्थानीय प्रभाव, नीतिगत कमजोरी, फोहोर व्यवस्थापनमाको कुरालाई जीकिर गरिएको थियो । निजी र सार्वजनिक क्षेत्रको समन्वय, र युवाहरूको भूमिका सम्बन्धमा कुरा राख्दै सरोकारवालासँग प्रत्यक्ष संवाद गरेका सहभागीहरुले गरेका थिए ।
प्लानल डिस्कसन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मीना कुमारी लामाले जलवायु संकटको प्रभाव न्यूनीकरणका लागि नीति निर्माणले मात्र नपुग्ने बताएकी छिन् । यसको न्यूनीकरणमा समुदायस्तरबाट हुने सचेत प्रयासको महत्वपूर्ण भूमिका रहेको बताइन्, । उनले भनिन्–हामीले वातावरणमैत्री नीतिहरू बनाउँदै आएका छौं, तर स्थानीयस्तरको सहभागिता बिना दीगो परिणाम सम्भव छैन।” हेटौंडा उपमहानगरपालिकाका टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जनचेतना अभिवृद्धि, प्लाष्टिक न्यूनिकरण, हरियाली प्रवद्र्धन तथा फोहोर व्यवस्थापनमा भइरहेका प्रयासहरूबारे जानकारी गराएका छन् ।, हेटौंडामा प्लाष्टिकको प्रयोगलाई घटाउने उनले प्रतिबद्धता व्यक्त गर्दै उनले–भने, हामीले ‘प्लाष्टिक मुक्त हेटौंडा २०८२’ लक्ष्य लिएका छौं।” वातावरणविद् डा. बलराम भट्टले वैज्ञानिक दृष्टिकोणबाट जलवायु परिवर्तनको प्रभाव र समाधानका उपायबारे प्रस्तुत गरेका थिए । उनले यसको न्यूनीकरणका लागि शिक्षा, प्रविधि र समुदायको समन्वय आवश्यक रहेको जीकिर गरेका थिए । ग्रिन एन्ड क्लिन सिटी सर्भिसेजका प्रमुख नवराज खतिवडाले
निजी क्षेत्रको भूमिका र अनुभव बारेमा बताउँदै हेटौंडामा फोहोरमैला व्यवस्थापनका क्रममा आइपर्ने व्यवहारिक चुनौती र समाधाको बारेमा स्पष्ट पारेका थिए । कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका स्थानीय प्रभाव, नीतिगत कमजोरी, फोहोर व्यवस्थापनमा निजी र सार्वजनिक क्षेत्रको समन्वय, र युवाहरूको भूमिका सम्बन्धमा प्रश्नहरू राखी सरोकारवालासँग प्रत्यक्ष संवाद गरेका थिए।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निर्देशक डा. भिम प्रसाद तिमल्सिना, वातावरण ईन्जिनियर चन्दा खड्का, जीवन शर्मा लगायत ७० जना भन्दा बढीको सहभागीता रहेको थियो । कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।














प्रतिक्रिया दिनुहोस्