हेटौंडा । मकवानपुरको हेटौंडा फुटबल एकेडेमीलाई सहयोग प्राप्त भएको छ । अन्तर्राष्ट्रिय फुटबल खेलाडी हाल जापानमा वसोबास गर्दै आएका नरेश जोशीले हेटौंडा फुटबल एकेडेमीलाई फुटबल सहयोग गरेका हुन् । सहयोग स्वरुपको फुटबल आइतबार हेटौंडा फुटबल एकडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामालाई हस्तान्तरण गरिएको छ । नरेश जोशि नेपाल इन्टरनेशनल स्टार साउथ एशियन स्टारइटर युथ लेजेन्ट समेत हुन्
उनले प्रशिक्षक लामालाई खेलाडीहरुलाई प्रशिक्षणको समयमा केही सहज होस भन्ने उद्देश्यले खेलकुद सामाग्री सहयोग गरेको प्रशिक्षक लामा बताउनछन् । हाल भीम लामाले एकेडेमीका सिनियर तथा जुनियर खेलाडीलाई र एन्फा मकवानपुरका खेलाडीलाई प्रशिक्षण दिने गरेका छन् । उनी एन्फा मकवानपुरको युु–१५ को र महिला टिमको मुख्य प्रशिक्षक पनि हुन् । यस अघि पनि माधवपूर गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने क्रममा उनलाई फलफूल र पानि सेवा सहयोग र आवाजमा हामी नामक संस्थाले सहयोग गरिसकेको छ ।


















प्रतिक्रिया दिनुहोस्