भलिबलमा सेमीफाइनलमा प्रवेश गर्ने मकवानपुरको टिम ।

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना जारी १५ औं संस्करणको प्रदेशस्तरी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छात्र भलिबलतर्फ मकवानपुर रजत पदक नजिक प्रवेश गरेको छ । आइतबार दोलखा जिल्लाको भीमेश्वर नगरपालिका सञ्चालन भइरहेको रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत छात्रतर्फको भलिबलमा क्वार्टरफाइनल खेलमा जीत निकाल्दै मकवानपुर सेमीफाइनलमा प्रवेश गरेको हो ।

चरिकोटको कभर्ड हलको भलिबल कोर्टमा भएको खेलमा सिन्धुलीलाई मकवानपुुरले २–० को सोझो सेटले पराजित गरेको छ । मकवानपुरले सिन्धुलीलाई २५–१७ र २५–१८ को सेटले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत महिलातर्फको खेल बाँकी रहेको प्रशिक्षक नरेन्द्र मुक्तानले बताए ।