मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा गएको पुष ५ गते देखि बागमती प्रदेशको राजधानी हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव जारी छ ।

हेटौंडा–१० भुटनदेबी मन्दिर जाने बाटोको चौरमा जारी महोत्सवको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गरेकी हुन् ।

खेलकुद विकासका अध्यक्ष वेष खड्गीको सभाध्यक्षता तथा मन्त्री खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको महोत्सवमा करिब २ सय ६० वटा स्टल रहेका छन् ।

स्टलमा बिभिन्न घरेलु उत्पादनका सामाग्री, कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका सामाग्री लगायत उपभोग्य बस्तुहरु राखिएका छन् ।

सांगीतिक प्रस्तुती, खेलकुद प्रतियोगिता, राष्ट्रिय महिला भलिबल प्रतियोगिता भइरहेसंगै नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती भइरहेको छ ।

यसै क्रमममा खेलकुद र खेलाडीको हकहित र बिकासमा टेवा पुगोस भनेर वृहत् खेलकुद तथा व्यापार महोत्सव गरिएको अध्यक्ष वेष खड्गी बताउछन् ।

मकवानपुर जिल्ला खेलकुद विकासले खेलकुद र औद्योगिक शान्ति नेपाल संस्थाले  गरेको अध्यक्ष खड्गीको भनाई छ ।