हिन्दु नेपालीहरुको दोस्रो महान चाड बडा दशैं पछि तिहारको आगमन सूरु भएको छ ।

बिभिन्न स्थानमा रहेका व्यवसायीहरुले तिहारमा आवाश्यक पर्ने सामाग्रीहरु तिहार लक्षित गर्दै बिक्रि बितरणका लागि राखेका छन्।
यसैविच हेटौंडा उपमहानगरपालिकाद्धारा हेटौंको संगमचोक र राप्तीरोडमा तिहार लक्षित गर्दै बनाइएको तिहार बजार क्षेत्रमा व्यवसायीहरुले ग्राहक पर्खिरहेका छन् ।

गुणस्तिरिय सामाग्री बिक्रि बितरण गर्न दिइने र मिठाइहरु खुला रुपमा बिक्रि बितरण गर्न नदिइने जनइएको छ ।

मंगलबार देखि बनाइएको तिहार बजार क्षेत्रमा झिलिमिलिको पर्व मानिने तिहारका लागि प्रयोग हुने दियो, भाइमसला, सजावटका माला, फूल, टोपी र रङ लगायतका सामाग्री बिक्रि बितरणमा राखिएका छन् ।

हेटौंडाको बुद्ध चोक देखि पश्चिममा राप्तीरोडको अस्पतालसम्म उत्तर तर्फ उद्योग वाणिज्य संघ सम्म र दक्षिण्को सिमाचोक, स्कुलरोड र चौघडा ट्याम्पु पार्क सम्म रहेका हरेक पसलमा भरिभराउ देखिने गरेपनि यसपटक पसलहरुले ग्राहक कुरीरहेको देखिएको छ ।

व्यापार होला या के होला भन्ने डरमा व्यवसायीहरुको अनुहारमा निराशा देखिन्छ भने यस बर्ष व्यवसायीहरु निकै तर्सित भएका छन् ।

तिहारमा आवश्यक पर्ने झिलिमिलि बत्तीहरु इलेक्ट्रोनिक्स समानहरु विगतमा प्रसस्त बिक्रि बितरण भएपनि यसपटक व्यवसाय पुरै खस्केको विजुली पसलका व्यवसायीहरु बताउछन् ।

यसै विषयमा हेटौंडा४स्कुलरोडमा रहेका व्यवसायी अशोक गुप्ताले व्यापार खस्कनु मुख्य कारण देशको आर्थिक मन्दी भएकै कारण व्यवसाय धारासायी भएको बताउछन् ।

भाँडाकुडाहरु बिक्रि बितरण गर्दै आएका व्यवसायीहरुले पनि तामा, पित्तलका भाँडाकुडाहरुमा दीयो ,कलश, खड्कुलो, तामाको गाग्री लगायत बिभिन्न भाँडाकुडाहरुको व्यापार धेरैनै खस्केको बताइरहेका छन् ।

यसै विषयमा कान्तिराजपथ हेटौंडमा रहेका भाँडा पसलका हेम बानियाँले गएको वर्षदेखिनै व्यवसाय खस्केको बताएका छन् ।
भाँडा व्यवसायी संघको अध्यक्ष समेत रहेका बानियाँले बिगतमा रामूै व्यवसाय गरेपनि यसपटकको व्यवसाय निकै खस्केका कारण संकट देखिएको बताउछन् ।

तिहारमै लक्ष्मी पुजाका लागि सुनचाँदी खरिद गर्न आउनेको भिडहुने गरेको सुन व्यवसायीहरु पनि चिन्ता व्यक्त गरेका छन् ।

आहलेको आर्थिक मन्दीका कारण सुन चाँदी खरिद गर्नु भन्दा भएको बिक्रि गर्नेहरु बढ्दो रहेको सुन चाँदी व्यवसायी पवन कुमार शाक्य बताउँछन् ।

मकवानपुर सुनचाँदी व्यवसायी संघकाअध्यक्ष समेत रहेका शाक्यले हरेक पटक भाउ बढरदै जानु अनि बैंकको बढ्दो व्याज अनि आर्थिक मन्दीको चपेटा नै व्यवसाय खस्कनु मुख्य कारण भएको बताउछन् ।