पृथ्वीमा जन्मिएका हरेक प्राणी पशु, पञ्छी, वृक्ष हुन या चेतनशिल मानिएका मानिस सबैमा अ आफ्नै गुण र कला प्राप्त हुन्छ ।
यसै विच एउटा जिव सर्पको पनि आफ्नै जिवन र जिवन यात्राको कला छ । यसै विषयमा सर्प अनुसंधान कर्ता÷उद्दारकर्ता सुनिल सापकोटा सर्पको लागि मुस्कान सर्प र सर्पदंश व्यवस्थापन अभियानमा काम गर्दै आइरहेका छन् ।
उनले सर्पको पहिचान र सर्पदंशको रोकथाम अभियानमा आफू पनि सुरक्षित रहनुपर्ने बताउछन् ।
धेरैचोटी सर्पले मानिसहरुलाई देख्यो सर्पले केहीपनि गरेन मानवले सर्पलाइृ एकपटक देख्यो भने सर्प मरेको हुनुपर्ने भएकाले बारम्बार आफुलाई दुखाइरहने सापकोटा बताउछन् ।
नेपालका बिभिन्न स्थानमा पुगेर सर्प र मानिसको जिवन बचाउदै आएका सापकोटा २०४७ साल बैसाख १० गते चितवन जिल्लाको भरतपुर महानगरपालिकामा जन्मिएका हुन् ।
भरतपुर–१९मा रहेको कमलदेबी इंग्लिस बोडिङ्ग स्कुलको अध्यनपछि आर्किट साइन्स कलेजमा विज्ञान सम्बन्धि अध्यन गरेका सापकोटा प्लस टुको अध्यन सकेर इलोक्ट्रिोनिकको ४ वर्षे अध्यनपछि चित्त नबुझेर रोयल युनर्भसिटी अफ भूटान College of Natural Resources (Bhutan) मा मास्टर डिग्री पुरा गरे ।
सर्पको लागि मुस्कान सहित सानै देखि जिवजन्तु्को विषयमा चासो रहेकोले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । धेरैलाई सर्पको ज्ञान दिएर सर्प समात्न र अन्य स्थानमा छाड्न सिकाएका छन् ।
६ वर्षे भेटान बसाई पछि नेपालकै माटोमा केही गर्ने सोच सहित अभियानमा अघि बढिरहेका सापकोटा सन २००८ देखि सर्प उद्धारमा उत्रिएको बताउदै बिभिन्न स्थानको बस्ती बस्तीमा पुगेर सर्प समाउने र जंगलमा या बस्ती भन्दा पर लगेर छाड्ने गरेको सापकोटा बताउछन् ।
भन्छन् “सबै सर्पलाई खतर मानेर समात्नुस् । अनि सर्प र मानिस सुरक्षित रहन  सक्छन् ।  नेपालकै सन्दर्भममा विशेष गरि  तराइ भेगमा अत्याधिक सर्पहरु भेटिने गरेको छ। जति उचाइमा गयो सर्पहरुको संख्या घट्ने गरेको हो । खतरनाक सर्पले टोक्नसाथ विषको मात्रा शरीरमा पठाउन सके मृत्यु हुन्छ । १०÷१२ प्रतिशत विषालु भए पनि टोक्नासाथ मृत्यु हुँदैन । तर, उपचार पद्धती गलत भएमा या समयमा उपचार नपाएर मृत्यु  हुन्छ ।”
…………….
यसै विच स्वतन्त्र विद्यार्थी युनियन वन विज्ञान अध्ययन संस्थान,हेटौंडा क्याम्पस द्धारा २०८०–०४–२९ गते आयोजित एक कार्यक्रममा आइपुग्दा गरिएको कुराकानी

 

…………