मकवानपुरको मनहरीमा ट्याक्टर र स्कुटर ठोक्किएर दुर्घटना भएको छ।
बिहीबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाँउपालिका स्थित वडा नम्बर ६ नयाँबस्तिमा दुर्घटना हुँदा स्कुटर चालकको ज्यान गएको छ।
मनहरीबाट सुनाचुरी तर्फ गई रहेको ना ३ त २३६८ नम्बरको ट्याक्टर र बिपरित तर्फबाट आउदै गरेको बागमती प्र ०३००३ प ५५४२ नम्बरको स्कुटर ठोक्किएको हो ।
उक्त दुर्घटनामा परि चितवन खैरेहनी १० बस्ने बर्ष ३५ का स्कुटर चालक सुकराज बर्तौलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गम्भीर घाइतेभएका स्कुटर चालकको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएकोहो भने ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।














प्रतिक्रिया दिनुहोस्