जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिषर भित्रनै पत्रकारहरु माथी आक्रमण प्रयास भएको छ ।

पत्रकार माथी कुटपिट भएको विषयमा उजुरी दर्ता गर्न पुगेका पत्रकारहरुमाथी प्रहरी कार्यालय परिसर भित्र रहेका पत्रकारहरुलाई माथीनै
नेपाली कांग्रेस तरुणदलका युवाहरुद्धारा आक्रमणको प्रयास भएको हो।

तरुणदलमा आवद्ध युवाहरुको समुहले आक्रमण प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेर भिडलाई तितर वितर बनाएर सुरक्षा दिएको हो ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको पल्पसा होटलमा बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा (इन्द्र) र सोहि पत्रिकाका स्तम्भकार रामकुमार रिजाल (एलन) माथि आइताबार राती कुटपीट भएको थियो ।

राजेश भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँ सहितका समूहले आक्रमण गरेको बञ्जराको भनाई छ । आक्रमणबाट रिजालको दाईने कान र देब्रे गालामा चोट लागेको छ भने बञ्जरा पनि घाईते भएका छन् ।

यसै विषयमा आक्रमण गर्ने भेटवाल सहितका समुहमाथि प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न लागिएको समयमा आक्रमण भएको बञ्जराले बताए ।

घटनाबारे जानकारी दिँदै प्रत्यक्षदर्शी समेत रहेका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले भेटवाल सहितको कार्यकर्ताले पत्रकारमाथि हमला गरे संगैआफुले छुट्याउन खोज्दा समेत उनिहरुले निरन्तर कुटपिट गरेको बताए ।

घटनाको निन्दा गर्दै पत्रकार निटक संगठनले दोषिलाई कारबाहीको माग समेत गरेको छ ।