मकवानपुरको भीमफेदी गाउँपालिका–२ स्थित भैंसेमा रहेको त्रिखण्डी मन्दिरमा हरिबोधनी ठूलो एकादशीका दिन मेला लागेको छ ।
कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्वमा हरेक बर्षझैं यसपाली पनि त्रिखण्डी मन्दिरमा ठूलो जात्रा लागेको हो।
शुक्रबार लागेको मेलामा मकवानपुर लगायतका स्थानबाट आएका हजारौं भक्तजन र व्रतालुको घुईंचो लागेको छ । मेलामा श्रद्धालुको उल्लेख्य उपस्थिति रहेको थियो भने खोला पारीको मन्दिरमा जानका लागि पुल निर्माण पनि गरिएको थियो ।
मेलाको सुरक्षाका लागि प्रहरी, म्यादी प्रहरीर ट्राफिक व्यस्थापनलाई चुस्त र दुरुस्त गरिएको थियो ।
सोही स्थानमा मन्दिर परिसरभित्रै भिक्षुका रुपमा बस्नेहरुपनि देखिएका थिएभने स साना बालबालिकाहरु पनि माग्नेका रुपमा बसेको दृश्यपनि देखिएको थियो ।
धार्मिक मान्यता अनुसार आजको दिन तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिंगो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् । यो दिन अन्न खान नहुने र सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पाप नाश भइ पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।














प्रतिक्रिया दिनुहोस्