हेटौंडा । हिन्दू नारीहरूको महत्वपुर्ण चाड हरितालिका तिजलाई हर्षोल्लासका साथ मनाएका छन् ।
हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले समेत मनाउन थालेका छन् भने आज देशदेखि बिभिन्न स्थानमा मनाएका हुन् ।
विशेष बिवाहित नारीहरु माइती आउने र माइतीमा बाबु आमा,दाजुभाइ छोरी चेली लाई मीठा मीठा परिकार खुवाउने मनका भावना एवं सुखदुख साटासाट गरीने पर्व रहेको पनि मान्यता छ ।
तीजमा चेलीहरुलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झना कम गर्न यो पर्वको ठूलो भूमिका रहेको मानिएको हो ।
धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गलमा गरि तपस्या गरेको उललेख गरिएको हो।
सोही क्रममा एक सय वर्ष पूरा भइ सक्दा पनि तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी समेत नपिईकन बसिन् ।
पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह भएको दिन भाद्र शुक्ल तृतीया तिथी भएकाले पौराणिक कालदेखि नै यस दिनलाई तीजको रूपमा मनाउने गरिएको मानिनछ ।
तीजमा विवाहिता महिलाहरू आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिताले सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।
ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ ।
भाद्रशुक्ल द्धितिया देखि पञ्चमीको ४ दिनसम्म भगवान शिवको आराधना गरि धार्मिक मान्यता अनुसार नारीहरुले तिज मनाउदै आएका हुन् भने पर्वलाई बिभिन्न स्थान संगै हेटौंडा ४ मा रहेको पशुपति मन्दिरमा पनि पुजा गर्न आउनेहरुको भिडमभिड थियो ।

मकवानपुरको बिभन्न स्थान र आसपासका जिल्लाहरुबाट आएका ब्रतालु नारीहरुले धार्मिक मान्यता र चलिआएको रिती अनुसार यो पर्व मनाउदै आएको उल्लेख गरेका थिए ।

आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा पनि तीज पर्वको महत्व बनेको दिदीबहिनीहरूले बताएका थिए ।

त्यस्तै गरि ब्रतालुहरुलाई पुजा गर्नकालागि सहज बनाउनका लागि संघर्ष समितिका युवाहरु परिचालित भएका थिए ।
स्वयम् सेवकको भुमिका गर्दै निःशुल्क रुपमा रामसरण कार्की सहित १३ जना सेवाकैलागि खटिएका थिए ।
यसैविच रामसरण कार्कीले मन्दिरमा सहज बातावरण बनाउन र विहिबार १५ गते मन्दिरमा भएको फोहर व्यवस्थापनमन समेत खटिने प्रतिवद्धता जनाए ।

अहिले हेर्नेहो भने तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि देखासिखी गर्ने र महिनौदेखि जम्मा हुने र रमाइलोको बाहानामा अनाआवाश्यक खर्चा समेत गर्दै आएका छन् ।
यसे विच धार्मिक मान्यता अनुसार र गक्ष अनुसार मनाउनुपर्छ भन्नेहरु पनि उत्तिकै छन् ।
हिन्दू नारीहरूको महत्वपुर्ण चाड हरितालिका तिजलाई हर्षोल्लासका साथ मनाएका छन् ।
हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले समेत मनाउन थालेका छन् भने आज देशदेखि बिभिन्न स्थानमा मनाएका हुन् ।
विशेष बिवाहित नारीहरु माइती आउने र माइतीमा बाबु आमा,दाजुभाइ छोरी चेली लाई मीठा मीठा परिकार खुवाउने मनका भावना एवं सुखदुख साटासाट गरीने पर्व रहेको पनि मान्यता छ ।
तीजमा चेलीहरुलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झना कम गर्न यो पर्वको ठूलो भूमिका रहेको मानिएको हो ।
धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गलमा गरि तपस्या गरेको उललेख गरिएको हो ।
सोही क्रममा एक सय वर्ष पूरा भइ सक्दा पनि तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी समेत नपिईकन बसिन् ।
पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह भएको दिन भाद्र शुक्ल तृतीया तिथी भएकाले पौराणिक कालदेखि नै यस दिनलाई तीजको रूपमा मनाउने गरिएको मानिनछ ।
तीजमा विवाहिता महिलाहरू आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिताले सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।
ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ ।
भाद्रशुक्ल द्धितिया देखि पञ्चमीको ४ दिनसम्म भगवान शिवको आराधना गरि धार्मिक मान्यता अनुसार नारीहरुले तिज मनाउदै आएका हुन् भने पर्वलाई बिभिन्न स्थान संगै हेटौंडा ४ मा रहेको पशुपति मन्दिरमा पनि पुजा गर्न आउनेहरुको भिडमभिड थियो ।
मकवानपुरको बिभन्न स्थान र आसपासका जिल्लाहरुबाट आएका ब्रतालु नारीहरुले
धार्मिक मान्यता र चलिआएको रिती अनुसार यो पर्व मनाउदै आएको उल्लेख गरेका थिए ।
आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा पनि तीज पर्वको महत्व बनेको दिदीबहिनीहरले बताएका थिए ।
अहिले हेर्नेहो भने तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि देखासिखी गर्ने र महिनौदेखि जम्मा हुने र रमाइलोको बाहानामा अनाआवाश्यक खर्चा समेत गर्दै आएका छन् ।
बिभिन्न संघ संस्थामा आवद्ध रहेकाहरुले सांगाठानिक कार्यक्रमको बाहानामा तिजमा रमाइलो गर्ने नाचगान गर्ने भन्दै दरखाने र रमाइलो गर्ने भन्दै गरिने बिभिन्न क्रियाकलापले भने धार्मिक मान्यता ओझेल परेको प्रष्ट देख्न सकिन्छ ।
यसैविच धार्मिक मान्यता अनुसार र गक्ष अनुसार मनाउनुपर्छ भन्नेहरु पनि उत्तिकै छन् ।

प्रतिक्रिया दिनुहोस्