Rato Samachar
Mon, 19 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अर्थ-विजनेस गण्डकी प्रदेश राष्ट्रिय समाचार

मनाङमा सूचना विभागको घुम्ती शिविर

हिमाली जिल्ला मनाङमा पहिलो पटक नेपाल सरकार सूचना तथा प्रसारण विभागले घुम्ती शिविर सञ्चालन गरेको छ । विभागले नेपाल पत्रकार महासङ्घ मनाङ शाखाको सहकार्यमा हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा दुई दिने घुम्ती शिविर गरेको हो । घुम्ती शिविरमार्फत सञ्चारकर्मीको क्षमता अभिवृद्धि गराउने उद्देश्यले विभागको टोलीले मनाङ पुगी तालिम सञ्चालन गरेको हो । शिविरमा पत्रकारलाई नयाँ परिचयपत्र तथा अनलाइन मिडियाको दर्ता र नवीकरण सेवासमेत दिइएको सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । जिल्लाका पत्रकारका लागि पत्रकार क्षमता अभिवृद्धि तालिम गर्ने विभागले उल्लेख गरेको छ । दुवै कार्यक्रमका लागि सूचना विभागका महानिर्देशक गोगनबहादुर हमाल, प्रशिक्षक पत्रकार तुलाराज अधिकारी र विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीलगायतका प्राविधिक टोली आइतबार मनाङ आइपुगेको हो । टोलीले राज्यले सञ्चारकर्मीहरुको सेवा सुविधाका लागि विभिन्न कार्यक्रममार्फत सहजरूपमा पहुँच पु¥याउन दुर्गम क्षेत्रमा शिविर सञ्चालन गरिएको हमालले बताउनुभयो । उहाँका अनुसार दुर्गम क्षेत्रमा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालिममा जिल्लामा कार्यरत पत्रकारको सहभागिता रहेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले दुर्गम क्षेत्रलाई प्राथमिकता दिएर पुनर्ताजगी दिने कार्यले प्रोत्साहित भएको महसुस गरेको बताउनुभयो । “ग्रामीण क्षेत्रमा सङ्घर्ष गरेर जीविका चलाउँदै आएका पत्रकारलाई विभागले घुम्ती शिविर राखेर सहज बनाएको छ । प्रोत्साहन पनि मिलेको छ”, आचार्यले भन्नुभयो । पत्रकार तुलाराज अधिकारीले तालिमको सहजीकरण गर्नुभएको थियो । पत्रकारका लागि घुम्ती शिविर सोमबार र मङ्गलबार सञ्चालन गरिएको छ । पत्रकारको क्षमता विकास तालिम बुधबारसम्म सञ्चालन हुने नेपाल पत्रकार महासङ्घ मनाङका अध्यक्ष नवीन लामिछानेले बताउनुभयो । –––

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

लोकप्रिय

1

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

2

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

3

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

4

जीतपुरसिमरामा २०३ किलोभन्दा बढी गाँजासहित मकवानपुरका पिकअप चालक सीन्चुरी पक्राउ

रातो समाचार संवाददाता
5

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

6

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

7

चुनौती पार गर्दै लामा हेटौंडाको मेयर बनेपछि…..

8

हिमाल आरोही ‘निर्मल पुर्जा’ नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

9

सीपको कसी, समृद्धिको सपना : हेटौंडाको मौन आर्थिक क्रान्ति

रोहित थापा क्षेत्री
10

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता


भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology