Rato Samachar
Mon, 21 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

नजिकिँदै नवौँ राष्ट्रिय खेलकुद : खेलाडीको मोह विभागीय टिमतिर

सुदूरपश्चिम प्रदेशबाट कुस्ती खेलमा एशियाली खेलकुद प्रतियोगितासम्म प्रतिस्पर्धा गरेका कुस्तीका राष्ट्रिय खेलाडी सुरेश चुनारा केही वर्षअघि नेपाली सेनाको त्रिभुवन आर्मी क्बलमा आबद्ध हुनुभयो । दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा समेत पदक दिलाएका चुनारा अहिले क्लबमा आबद्ध हुँदै सेनाको जागीरेसमेत भइसक्नुभएको छ । कुस्तीमा सुदूरपश्चिमकै मेहनती खेलाडीका रूपमा चर्चा बटुलेका चुनारालाई अहिले आर्मी क्लबभित्र पनि कुस्तीमा आशलाग्दा खेलाडीका रूपमा हेरिन्छ । सुरेश मात्रै होइन मुुलुकमै कुस्तीमा अब्बल देखिएको कञ्चनपुरमा यतिबेला पदकधारी खेलाडी अधिकांश विभागीय टिमतिर लागेका छन् । प्छिल्लो समय राष्ट्रिय प्रतियोगितामा आफ्नो उमेर समूहमा पदक जितेका कुस्तीका महिला खेलाडी शिवानी दुबे, निर्मला जाग्री र नीरा औजीलगायतका खेलाडी आर्मी क्लबमा छन् । प्छिल्लो समय सम्भावनाका रूपमा हेरिएको कुस्ती सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुरमा मात्रै प्रशिक्षण हुन्छ । कुस्तीका प्रशिक्षक राजेन्द्र चन्द र कुस्ती सङ्घको पहलमा यहाँ कुस्ती प्रशिक्षण केन्द्र स्थापनाको पहल गरिए पनि हाल निर्माणाधीन हल अधुरो छ । लामो समयदेखि कुस्तीका खेलाडी जिल्ला खेलकुद विकास समितिको साँघुरो कोठामा प्रशिक्षण गर्न बाध्य छन् । “खेलाडी संरक्षण नपाएपछि सबै विभागतिर लाग्ने थाले”, मङ्गलबार बिहान यहाँस्थित कबर्डहलमा प्रशिक्षण गरिरहेकी कुस्तीका राष्ट्रिय खेलाडी मनिषा सिंहले भन्नुभयो, “अहिले नयाँ खेलाडी खोजेर नवौँ राष्ट्रिय खेलकुदका लागि तयारी गर्नुपर्ने अवस्था छ ।” उहाँले राज्यले खेलाडीको रोजगारी र सुविधामा ध्यान नदिँदा खेलाडी विभिन्न विभागीय टिममा जानुपर्ने बाध्यता रहेको बताउनुभयो । कुस्ती मात्र नभई यहाँ भलिबल, बक्सिङ, कबड्डी, हक्की, क्रिकेटलगायतका खेलका खेलाडीहरु पनि विभागीय टिमबाट खेलिरहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टको भनाइ छ । “नवौँ राष्ट्रिय खेलकुद असोज तेस्रो सातादेखि पोखरामा हुने भनिए पनि यहाँ अहिले खेलाडीको फारम दर्ता चलिरहेको छ”, कार्यालय प्रमुख भट्टले भन्नुभयो, “बृहत् राष्ट्रिय प्रतियोगितामा हुने ३६ मध्ये कञ्चनपुरले ३१ खेलमा खेलाडी प्रतिस्पर्धामा सहभागी गराउँछ ।” उहाँले कुस्ती, भारोत्तलन, कबड्डी, भलिबल, हक्की, आर्चरी र बक्सिङलगायतका खेलमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदकको आशा गरिएको बताउनुभयो । “विसं २०३८ यता भएका बृहत् राष्ट्रिय खेलकुदमा सुदूरपश्चिममा सबैभन्दा बढी मेडल र खेलाडी सहभागी कञ्चनपुरकै छन्,” उहाँले भन्नुभयो, “अहिले प्रदेश खेलकुद परिषद्ले खेलाडी छनोटका लागि विभिन्न चरणमा छलफल अघि बढाएको छ ।” कार्यालय प्रमुख भट्टले फाराम दर्ता सकिएपछि खेलाडीको जिल्ला र त्यसपछि प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने बताउनुभयो । कञ्चनपुरले कबड्डी, बक्सिङ, भलिबल, हक्की, फुटबल, कुस्ती र क्रिकेटलगायतका खेलमा सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पदक दिलाउने खेलाडी जन्माइसकेको छ । त्यसैगरी भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टले विभागीय टिम सबैमा गरेर ४० प्रतिशत खेलाडी सुदूरपश्चिमका रहेको दाबी गर्नुभयो । “अन्तिम अवस्थामा टिमको सहभागिताले मात्रै नतिजा राम्रो आउँदैन”, प्रशिक्षक भट्टले भन्नुभयो, “सुदूर खेलाडी उत्पादनमा अब्बल देखिए पनि संरक्षणमा भने कमजोर देखियो ।” अरु प्रदेशमा खेलाडीको संरक्षण र सुविधामा ध्यान पुग्दा विभागीय टिममा जाने क्रम कम भएको उहाँको भनाइ छ । त्यसैगरी बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले लामो समयदेखि सुदूरपश्चिम खेलाडी उत्पादनमा अग्रस्थानमा रहेको बताउनुभयो । “खेलाडीको प्रोत्साहनका लागि राज्यले कानून बनाएरै जानुपर्छ”, उहाँले भन्नुभयो, “खेलाडीलाई उत्प्रेरित गर्ने काममा राज्यदेखि यहाँका उद्योगी, व्यवसायी हुँदै सङ्घ संस्थाको पनि भूमिका हुनुपर्छ ।” उहाँले विद्यालयस्तरबाटै खेलाडी उत्पादनको सुरुआत हुने भएकाले निजी तथा आवासीय विद्यालय सञ्चालक प्नि खेल र खेलाडीप्रति अझ बढी उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । “स्वर्ण पदक जित्ने खेलाडीलाई प्रोत्साहन गर्न निजी क्षेत्र र विद्यालय सञ्चालकको पनि भूमिका देखिनु जरुरी छ”, उहाँले भन्नुभयो, “मेडल ल्याउने तर वास्ता नहुने प्रवृत्तिले पनि खेलाडीमा निराशा मात्रै छायो ।” राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीलाई सुविधासहित बन्द प्रशिक्षण राख्नुपर्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology