Rato Samachar
Wed, 22 July, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राष्ट्रिय समाचार

वन मन्त्रालयका काम कारबाहीलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारबाहीलाई थप प्रभावकारी बनाइने बताउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको सङ्घीयतामा वन तथा वातावरण समस्या र समाधानका उपायसम्बन्धी बैठकमा उहाँले मन्त्रालयद्वारा गरिँदै आएका विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पु¥याइने खालका काम र योजना अघि सारिने बताउनुभयो । स्वदेशको काठ उत्पादनलाई बढाउने र विदेशी काठ आयातलाई प्रतिस्थापन गरिने उहाँको भनाइ थियो । यसैगरी मन्त्री यादवले सातवटै प्रदेशका मन्त्रालयसँग समन्वय गरेर समग्रमा वन, जङ्गल र वन्यजन्तुको संरक्षण तथा प्रवद्र्धन गर्न, मानव र वन्यजन्तुका बीच हुने द्वन्द्वलाई सधैँका लागि अन्त्य गर्न आवश्यक समाधान खोजिने जानकारी दिनुभयो । कार्यक्रममा उहाँले मन्त्रालयमा भएका विभिन्न कानूनी अड्चनको निक्र्योल निकाल्न र मुख्यतः यस क्षेत्रमा लामो समयदेखि काम गरिरहनुभएका कर्मचारीसँग उहाँहरुका अनुभव साझा गर्दै आगामी दिनको कार्यदिशा तय गरिने बताउनुभयो । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको इआईए स्वीकृत यसैबीच मन्त्री यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत गर्नुभएको छ । मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरु पालना गर्ने गरी उक्त सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

पेट्रोलियम पदार्थमा लाग्ने २ करमा सरकारको छुट, मिराज ढुंगाना नेतृत्वको अभियानमा उत्साह

सिक्किमको इन्डिपेन्डेनस डे फुटबलमा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीलाई काठमाडौंको मनास्लु कलेजको जर्सी सहयोग

रातो समाचार संवाददाता

हेटौंडा सिटी कलेजमा कक्षा–११ का विद्यार्थीका लागि अभिमुखीकरण

प्राकृतिक सम्पदा हराउँदै जाँदा वातावरण संरक्षणमा चुनौती

रातो समाचार संवाददाता

सीपको कसी, समृद्धिको सपना : हेटौंडाको मौन आर्थिक क्रान्ति

रोहित थापा क्षेत्री

रासस मकवानपुरकी संवाददाता अञ्जली थापाको फिचर सर्वोत्कृष्ट

रातो समाचार संवाददाता

स्थापना दिवसको अवसरमा संस्कृत विद्यालयमा वाटर प्युरिफायर स्थापना

रातो समाचार संवाददाता

निःशुल्क वृहत् स्वास्थ्य शिविर सम्पन्न, ४३८ जनाले लिए सेवा

रातो समाचार संवाददाता

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

शुक्रबारदेखि प्रर्दशनमा आएको “गौँथली” दर्शकको रोजाइमा

पेट्रोलियम पदार्थमा लाग्ने २ करमा सरकारको छुट, मिराज ढुंगाना नेतृत्वको अभियानमा उत्साह

सिक्किमको इन्डिपेन्डेनस डे फुटबलमा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीलाई काठमाडौंको मनास्लु कलेजको जर्सी सहयोग

रातो समाचार संवाददाता

हेटौंडा सिटी कलेजमा कक्षा–११ का विद्यार्थीका लागि अभिमुखीकरण

प्राकृतिक सम्पदा हराउँदै जाँदा वातावरण संरक्षणमा चुनौती

रातो समाचार संवाददाता

सीपको कसी, समृद्धिको सपना : हेटौंडाको मौन आर्थिक क्रान्ति

रोहित थापा क्षेत्री

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology