Rato Samachar
Wed, 2 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार

पुल भत्किएपछि खेरसनमा रूसी सेना फसेको यूक्रेनको दावी

यूक्रेनको दक्षिणी खेरसन क्षेत्रमा आक्रमणका क्रममा निप्रो नदी तरेका रूसी सैनिक आवागमनका लागि रणनीतिक मानिएको पुलमा क्षति पुगेपछि थप कठिनाइको सामना गर्नुपरेको जनाएको छ । मस्कोको सेनाले यूक्रेनमाथि आक्रमणको शुरुवातमा डेनिप्रोको दक्षिणी शहर खेरसन कब्जा गरेको थियो । यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो । यस क्षेत्रमा उनीहरूले नियन्त्रण गरेका तीन पुलहरूमध्ये दुई सडक यातायातको लागि र एउटा रेल आवागमनको लागि महत्वपूर्ण मानिएका थिए । हालैका हप्ताहरूमा बारम्बार पुलहरूमा बमबारी भएपछि रूसी सेनालाई पनि रणनीतिकरूपमा समस्या परेको यूक्रेनको दावी छ । सबैभन्दा महत्वपूर्ण खेरसनको उपनगरीय क्षेत्रमा एन्टोनिभ्स्की पुल जुलाईको अन्त्यदेखि मिसाइल आक्रमणको तारो बनेको छ । क्षेत्रीय सांसद सर्गी खलानले यूक्रेनी टेलिभिजनलाई बताएअनुसार रूसी सैनिकका लागि नदी पार गर्ने एक मात्र तरिका एन्टोनिभ्स्की पुल नजिकैको पेन्टुन हो जसले ‘उनीहरूको आवश्यकतालाई पूर्ण रूपमा पूरा गर्न सक्दैन’। युद्ध चर्किएमा समयमै उद्धार गर्न नसकिने जान्दाजान्दै रुसले आफ्नो कमाण्ड सेन्टरलाई नदीको बायाँ किनारामा सार्न लागेको उहाँले बताउनुभयो । खलानका अनुसार दाहिने किनारामा तैनाथ २० हजार रुसी सैनिकले तत्कालका लागि पैदलै पुल पार गर्न सक्नेछन् । एन्टोनिभ्स्की पुलको उत्तरपूर्वमा करिब ५० किलोमिटर (३१ माइल) दूरीमा रहेको नोभा काखोभका पुललाई यसै साता निशाना बनाइएको थियो । खलानले शनिबार यूक्रेनी सेनाले यस हप्ताको सुरुमा पुलमा आक्रमण गरेको र रूसीहरूलाई आफ्नो सेना पुनः आपूर्ति गर्न गोलाबारुद, उपकरण र खाद्यान्न ढुवानी गर्न बाट रोकेको बताएका थिए । बेलायतको रक्षा मन्त्रालयले जारी गरेको ब्रिफिङमा डेनिप्रोको पश्चिमी किनारमा रूसको नियन्त्रणमा रहेको क्षेत्रमा जाने दुई वटा सडक पुल प्रयोगविहीन भएको बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

हेटौंडामा गौँथली र ठूलेको अचानक इन्ट्री, हलभित्र दर्शक सरप्राइज!

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology