Rato Samachar
Tue, 22 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पुस्तक समीक्षा ः नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो

  •  नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ र विसं २०२२ मा नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’देखि हालसम्मका यस क्षेत्रभित्रका अन्तरकुन्तर अनगिन्ती छन् । नेपाली चलचित्रको एउटा सिङ्गो इतिहास मानिने ‘शाही नेपाल चलचित्र संस्थान’ अहिले फरक रुपमा अस्तित्वमा छ । यस बेलामा अगुवाहरु साक्षीका रुपमा हाम्रा अगाडि छन् । कतिपयले भौतिक चोला गुमाइसकेका छन् । नेपाली चलचित्रका तिनै आयामहरुलाई समेटिने गरी चलचित्र पत्रकार जीवन पराजुलीले ‘क्लोज–अप’ पुस्तक बजारमा ल्याएका छन् । नेपाली चलचित्रका विविधपक्ष र पात्रमा आधारित यो पुस्तक नेपाली चलचित्रका विभिन्न कालखण्डमा योगदान दिने साठी भन्दा बढी व्यक्तिहरुसँग संवाद गरी तयार भएको हो । डेढदशकदेखि मनोरञ्जन विधामा रहेर पत्रकारिता गर्दै आएका पराजुलीले मेहनतपूर्वक तयार गरेको पुस्तकमा ‘शाही नेपाल चलचित्र संस्थान’देखि पछिल्ला उतारचढालाई जीवनीको माध्यमबाट व्यक्त गरिएको छ । उक्त जुन दरबारको सक्रियतामा सुरु भएको थियो, आज एउटा पब्लिक कम्पनीको रुपमा रहेको छ । यसको इतिहास र वर्तमानलाई लेखकले संस्थानका पहिलो महाप्रबन्धक यादव खरेल एवं संस्थानमा लामो समय कर्मचारीको रुपमा काम गरेका चेतन कार्कीसँग पराजुलीले गरेको संवाद पस्किएका छन् । कार्की अहिले जीवित हुनुहुन्न । भारतबाट नेपाल आएर नेपाली चलचित्रमा योगदान दिने केही कलाकार, निर्देशक तथा सङ्गीतकर्मीहरुसँग गरिएको संवाद पुस्तकमा समावेश छ । भाषाले नेपाली तर नागरिकको हिसाबमा भारतीय हुँदा उनीहरुले भोग्नुपरेका कठिनाइ उतारिएको छ त्यति हुँदाहुँदै पनि नेपाली चलचित्रलाई उनीहरुले दिएको योगदानको चर्चा गरिएको छ । लगातार पच्चीस वर्ष भारतको सिक्किमको मुख्यमन्त्री बन्नुभएका पवन चाम्लिङ, जसले सिक्किममा नेपाली चलचित्रको अविभावकको जिम्मेवारी पूरा गरे उहाँसँग समेत संवाद गरी समावेश गरिएको छ । तीन सयभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरी नेपाली दर्शकबाट महानायकको उपाधिसमेत पाउन सफल राजेश हमाल र उनीसँग जोडिएर आउने प्रमुख पात्रहरुको खण्ड पुस्तकको रोचक पक्ष हो । सफल अभिनेता हुन के कति सङ्घर्ष, व्यवस्थापन तथा मेहनतको जरुरी छ भन्ने हमालका अनुभवबाट सिद्ध हुन्छ । हालसम्ममा नेपाली फिचर चलचित्र निर्देशनमा जम्मा १४ जना मात्र महिला निर्देशक भएको बेग्लै खण्डले पाठकलाई नयाँ खुराक दिएको छ । आधा शताब्दी भन्दा लामो नेपाली चलचित्रको इतिहासमा नेपाली चलचित्रले जम्मा १४ जना निर्देशक पाएको यथार्थ यस पुस्तकले बाहिर ल्याएको छ । किन महिलाहरु चलचित्र निर्देशनमा थोरै छन् ? उनीहरुले किन निरन्तरता दिन सकेनन् ? निर्देशन गर्ने महिलाको अवस्था कस्तो छ ? यस्तै यावत् प्रश्नहरुको जवाफ यस पुस्तकले दिएको छ । नेपाली चलचित्र निर्देशनमा सञ्चारकर्मी बाक्लो उपस्थिति छ । भुषण दाहाल, नवीन सुब्बा, मनोज पण्डित, दीपेन्द्र लामा जस्ता २८ सञ्चारकर्मीहरु जसले नेपाली चलचित्र उद्योगमा आफ्ना चलचित्रबाट उथलपुथल बनाएका छन् । सञ्चारकर्मी दाहालले पहिलो नेपाली डिजिटल चलचित्र ‘कागबेनी’ निर्देशन गरी चलचित्र निर्माणको तरिका नै बदल्न सफल रहेको प्रसङ्ग सुब्बाले निर्देशन गरेको चलचित्र ‘नुमाफुङग’ ले पहिलो पटक नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजार पाएको सन्दर्भ तथा लामो समय चलचित्र समीक्षाममा कलम कुँदाएका पण्डित र लामाले बनाएका चलचित्रले दिएका फरक सन्देश यस पुस्तकमा गहिरो गरी अभिलेख गरिएको छ । आफ्नो ‘करिअर’ खोज्दै भारतमा भौँतारिन पुगेका केही विशिष्ट व्यक्ति जस्तैः गायक उदित नारायण झा, निर्देशक शम्भु प्रधान, सङ्गीतकार मुरलीधर, अभिनेता टीका पहारीलगायतका प्रसङ्ग पनि रोचक रुपमा लेखिएको छ । चलचित्र क्षेत्रमा आवद्ध व्यक्तिका बारेका खोजी हुँदा सतही र विरोधाभासपूर्ण जानकारी मात्र पाइने अवस्थाबाट यस पुस्तकले धेरै हदसम्म बाहिर निस्कन मद्दत गरेको अनुभव गर्न सकिन्छ । एउटै पुस्तकमा सबैलाई समेट्न नसकिने हुँदा यस पुस्तकमा केही पक्ष छुटेको महसुस भए तापनि अन्य खण्ड प्रकाशित गर्ने जानकारी लेखक पराजुलीले पुस्तकमार्फत दिएका छन् यस पुस्तकले पहिलो पटक नेपाली चलचित्र उद्योगका धेरै रोचक प्रसङ्ग, केही रहस्य अनि परिचित पात्रका अपरिचित प्रसङ्गहरु बाहिर ल्याउन सफलता पाएको छ । समग्रमा पुस्तकमा समेटिएका पात्रका परिचय, प्रवेश, भोगाइ र बुझाइले नेपाली चलचित्र उद्योगलाई अलग आयामबाट बुझ्न सघाएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology