Rato Samachar
Sat, 13 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

ऐतिहासिक च्याङ्ग्रे पोखरी संरक्षण गरिँदै

 पौवादुङमा गाउँपालिकाको प्रमुख सौन्दर्यको रूपमा रहेको च्याङ्ग्रे पोखरी संरक्षण गर्न थालिएको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर आर्थिक स्रोतका रुपमा जोड्न रु दुई करोडभन्दा बढी लागतमा संरक्षण गर्न लागिएको होे ।सिङ्गो गाउँपालिकाको आकर्षण केन्द्रको रूपमा रहेको यो पोखरीलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य मान्न सकिन्छ । पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर थप विकास गरिरहेको छ । पोखरीको मौलिकतालाई यथावत राख्दै आधुनिक प्राविधि प्रयोग गरेर विकासको काम गरिरहेको गाउँपालिकाले जनाएको छ । क्रमागत योनजाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पोखरी थप विस्तार तथा संरक्षणको काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । सम्झौताअनुसार विसं २०८० को चैत महिनासम्म पूर्णपमा सम्पन्न गर्ने गरी रु दुई करोड १९ लाख ९९ हजार दुई सय २४ मा काम भइरहेको उहाँको भनाइ थियो । यो काम थालनी भएको दोस्रो वर्ष हो । हालसम्म ४० प्रतिशत काम सकिएको छ । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “मन्त्रालयसँगको लागत साझेदारीमा पोखरी संरक्षणको काम भइरहेको छ । हालसम्म ४० प्रतिशत काम सकिएको छ । पोखरीे संरक्षणको काम तीव्रगतिमा गरिरहेका छौँ । विसं २०८० सम्ममा सक्ने सम्झौता छ ।”धरै मिहेनतपछि केन्द्रीय सरकारबाट बजेट विनियोजन भएपछि काम गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । अहिले पोखरीलाई पर्खालले घेर्ने, वरिपरि पाँच मिटरको बगैँचा निर्माण गर्ने, बालबालिकाका लागि पार्क बनाउने, बीचमा पानीको फोहोरा (माउटेण्ड फल्स) राख्ने र बोटिङ गर्न सक्ने गरी संरचना बनाइने उहाँले जानकारी गराउनुभयो । “गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्धरूपमा लागेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको डिपिआर बनाइसकेका छौँ तर स्थानीय सरकारलाई आएको बजेटबाट काम गर्न निकै समस्या छ । त्यसैले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ । यस्ता क्षेत्रको विकासले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने हामीले आशा लिएका छौँ ।” गाउँपालिकाको अर्को पर्यटकीयस्थल अरुणडाँडाको विकासका लागि पनि काम भइरहेको गाउँपालिकाले जनाएको छ । यस्ता क्षेत्रको विकास तथा प्रचार–प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई बढाउने लक्ष्य लिइएको छ । यो पोखरी पर्यटकीय सम्भावना बोकेको गन्तव्य भए पनि ओझेलमा परेको छ । पोखरीको प्राकृतिक सुन्दरता अवलोकन गर्न आन्तरिक पर्यटकहरु पुग्न गरे पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् । परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने, दिनभर त्यतै आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामाकरण गरिएको स्थानीयवासीको कथन छ । पोखरी बनेदेखि नै पानी जुनसुकै खडेरीमा पनि सुकेको छैन । स्थानीय चन्द्रबहादुर खत्रीले भन्नुभयो, “एउटा धार्मिक महत्वको प्रसिद्ध पोखरी हो तर प्रचार नहुँदा छायाँमा परेको छ । गाउँपालिकाले यसको विकासका लागि काम थालनी गरेकामा हामी खुसी छौँ ।” यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रेबजारसमेत लाग्ने गरेको छ । अहिले यो बजार पौवादुङमा गाउँपालिकाको मुख्य बजारका रूपमा विस्तार भएको छ । च्याङ्ग्रे घुम्न आउने जोकोहीको गन्तव्य नै यो पोखरी हो । विश्राम गर्ने, घुम्ने, डुल्ने, तस्वीर लिने, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक त्यहाँ पुग्छन् । विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुन्छ । ऐतिहासिक र धार्मिक महत्वको पोखरीमा पर्यटन प्रवद्र्धन गर्नसके पर्यटन व्यवसायबाटै आर्थिक टेवा पुग्ने स्थानीयवासीको भनाइ थियो । स्थानीय लीला सुनारले भन्नुभयो, “यो महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र हो । यहाँ विभिन्न समयमा मेला लाग्छ । मानिसहरूको आवतजावत वृद्धि हुँदा व्यापार व्यवसायमासमेत टेवा पुग्छ ।” पोखरीमा बिहान, दिउँसो र साँझ फरक–फरक रङ देख्न सकिने स्थानीयवासीले बताए । पोखरीलाई विशेष आकर्षण दिएर पर्यटकको आवागमन बढाउनका लागि संरक्षणको काम थालिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो । “यसको विकास तथा प्रचारमा गाउँपालिका लागिपरेको छ । उहाँले भन्नुभयो, “बृहत्तर विकासका लागि डिपिआरअनुसारको काम गर्छौँ । यसलाई जिल्लाको एक आर्कषण केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology