Rato Samachar
Wed, 23 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

जग्गा छ, पार्किङ सुविधा छैन

बागलुङ बजारस्थित आवारोडमा रहेको नेपाल टेलिकममा लथालिङ्ग जग्गा छ । पार्किङको सुविधा पर्याप्त भए पनि कार्यालय समयमा पार्किङ ढोका खुल्दैन । कार्यालयका कर्मचारी र छिमेकका सवारीधनीलाई मात्रै पार्किङ सेवा दिँदै आएको टेलिकम कार्यालयले सेवाग्राहीलाई भने पार्किङ सुविधा दिँदैन । नेपाल टेलिकममा गएका सेवाग्राहीले बाहिर सडकमै मोटरसाइकल तथा कार पार्किङ गरेर सेवा लिँदा ट्राफिक व्यवस्थापनमा भने समस्या हुने गरेको छ । नेपाल टेलिकम मात्रै होइन जिल्ला प्रशासन कार्यालयलेसमेत सेवाग्राहीलाई पार्किङ सुविधा दिँदैन । जिल्ला प्रशासनमा झण्डै दुई रोपनी जग्गा पार्किङका लागि भए पनि सुरक्षा निकायदेखि भिआइपी सवारीका लागि मात्रै पार्किङ उपलब्ध हुन्छ । प्रशासनमा पुगेका सेवाग्राहीको सवारीसाधन सडकमै हुने गरेका छन् । यी दुई सरकारी कार्यालय त उदारण मात्रै हुन् । पर्याप्त जग्गा भएरसमेत सेवाग्राहीलाई पार्किङ सेवा नदिने कार्यालयमा जिल्ला मालपोत कार्यालय, विद्युत् कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, नापी कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जलस्रोत तथा सिञ्चाइ डिभिजन कार्यालयको पार्किङ ढोका समयमै खुल्दैनन् । विद्युत् कार्यालयको भित्र पार्किङस्थलमा त झनै ब्याडमिन्टन खेलका लागि प्रयोग हँुदै आएको छ । सेवाग्राहीलाई पार्किङका लागि स्वास्थ्य कार्यालय र आन्तरिक राजस्व लगायतका केही थोरै कार्यालयले मात्रै पार्किङ सुविधा दिँदै आएका छन् । साँघुरो बागलुङ बजारमा पार्किङ व्यवस्थापन जटिल बन्दै गएपछि बागलुङ नगरपालिकाले पार्किङ सुविधा भएका कार्यालयलाई पार्किङ सेवा दिन आग्रह गरेको भए पनि सरकारी कार्यालयले अटेरी गरिरहेका छन् । नगरपालिकाले सुरुआती चरणमा भएका सरकारी कार्यालयले पार्किङ सुविधा दिने र अन्य बैंकलेसमेत विस्तारै पार्किङको व्यवस्थापन गर्न बागलुङ नगरपालिकाले दुई महिनाअघि अनुरोध गरेको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । तर नगरपालिकाले गरेको आग्रहलाई सरकारी कार्यालयले अटेरी गरेका छन् । “पार्किङ व्यवस्थापनका लागि नगरपालिकाले विभिन्न योजना अघि सारेको छ, जसमध्ये सरकारी कार्यालयले भएको जग्गामा पार्किङ सुविधा दिन आग्रह गर्ने, पार्किङस्थलको खोजी गर्ने तथा निजी क्षेत्रसँग सहकार्य गरेर भए पनि पार्किङ सेवा दिने भन्ने हो”, उपप्रमुख खड्काले भन्नुभयो “हामी अहिले अध्ययनमै छौँ, तर सरकारी कार्यालयका सेवाग्राहीलाई पार्किङ सेवा नदिँदा सडकमै सवारी पार्किङ गर्दा समस्या आएको गुनासो छ ।” भएको जग्गामा पार्किङ सुविधा नदिएको विषयमा विद्युत् कार्यालयका निमित्त प्रमुख प्रकाश काफ्लेले कार्यालयमा जग्गा अभाव भएको बताउनुभयो । उहाँले कार्यालयमा भएको जग्गामा विद्युतीय सामाग्री राख्न समस्या हुने बताउँदै विद्युत् कार्यालयमा कार्यालयका अत्यावश्यक सवारी आउजाउ गर्दा समस्या भएकाले पार्किङ सेवा नदिएको बताउनुभयो । तर कार्यालयमा ब्याडमिन्टन कोटसमेत बनाइएको छ । बागलुङ नगरपालिकाले सरकारी कार्यालय, ठूला होटल तथा उद्योगले सकेसम्म पार्किङ सेवा दिनेगरी नीति बनाउन थालेको छ । खासगरी सेवाग्राहीको भीडभाड हुने जिल्ला प्रशासन, नेपाल टेलिकम, मालपोत कार्यालय, नापी कार्यालयले भएको पार्किङ सुविधासमेत सेवाग्राहीलाई नदिँदा बागलुङ बजारमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । अहिले एकातर्फी पार्किङले बागलुङ बजारको ट्राफिक जाम केही हदसम्म नियन्त्रणमा आए पनि दीर्घकालीन व्यवस्थापन भने हुन सकेको छैन । जिल्ला ट्राफिक कार्यालय बागलुङले पार्किङ सेवा दिन सक्ने कार्यालय, बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गरिरहेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताउनुभयो । केसीले सबैको समन्वयमा मात्रै सहज ट्राफिक व्यवस्थापन हुने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology