Rato Samachar
Sat, 13 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाज

डाले घाँसको अनुदान समेत ‘फ्रिज’ !

बागलुङस्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रले गत आर्थिक वर्ष बहुवर्षे घाँस उत्पादनमा दिने अनुदानको रु पाँच लाख खर्च गर्न सकेन । ‘फ्रिज’ भएको पैसा फिर्ता गर्नुपर्दा कर्मचारी नराम्रो मान्दैछन् । नर्सरी बनाउने वा बिरुवा बिक्री गर्न चाहनले अनुदानका लागि माग गर्नुपर्ने उक्त बजेट माग नै नभएकाले फिर्ता गर्नु परेको हो । यसअघि नर्सरी बनाउने किसानले पेसा छाडेको, केहिले माग नगरेको कारणले रकम फिर्ता भएको हो । कतिपयले डाले घाँसको नर्सरी छाडेर भूई घाँस मात्र लगाउन थालेपछि अनुदानको रकमसमेत खर्च नभएको हो । “पटक–पटक सूचना निकाल्यौँ, माग गर्न कोही आएनन्” विज्ञकेन्द्रका सूचना अधिकारी केशव पौडेलले भन्नुभयो, “पशु फार्म सञ्चालनसमेत घटेकोले घाँसको अनुदान पनि लैजाने कोही भएनन् । ”केन्द्रले यसअघिका वर्ष धेरै किसानको निवेदन परेपछि दामासाही गर्ने वा छनोट प्रक्रियाबाट मात्रै अनुदान दिने गरेको थियो । पशुपालनतर्फ अनुदान दिए पनि व्यावसायिक कृषिको कच्चापदार्थ उत्पादनमा अनुदान नभएपछि फार्म सञ्चालक पलायन हुने क्रम बढेको छ । दाना, औषधि, चोकर र घाँस उत्पादनमा अनुदान र प्रोत्साहन गर्ने कार्यक्रम छैन । जसको कारण दैनिक लाखौँ रुपैयाँ विदेसिएका किसान गुनासो गर्छन् । सजिलोका लागि किसानले भूइँ घाँस लगाएकोले डालेघाँसको अनुदान फिर्ता भएको हो । ‘भूइँ घाँस मात्रै खुवाउँदा पशुमा प्रोटिनको कमी हुने गर्छ’ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले भन्नुभयो, “धेरै मेहेनत र नर्सरीबाट बिक्री नहुने डरले डालेघाँसको नर्सरी बनाउने नभेटिएका हुन् ।” केन्द्रले खरिद गरिदिने आसमा बसे पनि जलजला गाउँपालिका–८ का मोहन कँडेलको नर्सरीमा बिरुवा बिक्री नभएको गुनासो गर्नुभयो । ‘कोही किन्न पनि आएनन्, केन्द्रले कसैलाई पठाएन’ कँडेलले भन्नुभयो, “मेरो नर्सरीमा तीन हजार बडहरका बिरुवा सुकेर जान लागे ।” यस वर्ष नर्सरी बनाउने विषयमा उहाँले सोच्नै नसकेको गुनासो गर्नुभयोे । उहाँले प्रति बिरुवा रु ३० देखि ५० मा बेच्ने गर्नुहुन्थ्यो । त्यसबाट उहाँलाई झण्डै डेढ लाखसम्म कमाइ हुन्थ्यो । “कति बिरुवा हुर्केर गए, कति मरे, बिक्री भएनन्” कँडेलले भन्नुभयो, “पशु फार्म सञ्चालन गर्ने घटेको जस्तो लाग्यो ।” अनुदानमा बिरुवा पाउने व्यवस्था भए पनि पुराना फर्म बन्द हुँदै गएको पौडेलले बताउनुभयो । पशुपालनका लागि अति आवश्यकपर्ने बहुवर्षे घाँस लगाउने किसान पनि घटेका छन् । हरेक वर्ष पाँचदेखि सात जना किसान अनुदान खोज्दै आएकोमा गत आर्थिक वर्ष एक जना पनि नआएका हुन् । घाँस उत्पादन घटेकोले पशुचौपाया पाल्ने क्रम पनि घटेको प्राविधिक बताउँछन् । पशु गणना नभएकोले यकिन तथ्याङ्क भने कार्यालयमा पनि छैन । ‘केही नयाँ किसान थपिएर पशुको सङ्ख्या उस्तै देखिए पनि व्यावसायिक रुपमा पशुपालन गर्ने घटेका छन्’ पौडेलले भन्नुभयो, “कोरोना सङ्क्रमणपछि पशुजन्य उत्पादन घटेको देखियो ।”सापकोटाका अनुसार केन्द्रको अनुदानसमेत लिएर जिल्लामा साना व्यवसाय फर्म स्थापना र विस्तारतर्फ ६० जनाले एक लाखको दरले अनुदान पाएको तथ्याङ्क छ । उक्त कार्यक्रम अन्तर्गत १५ माउ बाख्रा पाल्ने किसान, भैँसी र गाई भए पाँच वटाको दरले पाल्नुपर्ने र बङ्गुर भए पनि कम्तीमा पाँच पाल्नेलाई मात्र यो सहयोग दिइएको हो । अघिल्ला वर्ष यो सङ्ख्या एक सयको हाराहारीमा हुन्थ्यो । ब्लक विकास कार्यक्रममार्फत एक स्थानीय तहमा एक एकवटा फर्ममा केन्द्रले थप सहयोग गरेको उहाँले बताउनुभयो । बागलुङ नगरमा बङ्गुर ब्लक र गलकोटमा बाख्रा ब्लक कार्यक्रम बनाएर अनुदान दिएको उहाँले बताउनुभयो । काठेखोलाको पालामा भैँसी विकास कार्यक्रम, जीविकोपार्जन कार्यक्रममार्फत लेखानीको आरनटोलमा २५ जना विपन्न बस्तीका किसानलाई २० हजारका दरले १० लाख रुपैयाँ लगानी भएको हो । रोजगार नभएको स्थानमा प्रति किसान रु २० हजार अनुदान दिँदा रोजगारीमा सहयोग पुगे पनि किसान आर्कर्षित गर्न नसकेको पौडेलले बताउनुभयो । किसानलाई आर्कषण गर्न प्रतिफलमा आधारित अनुदान कार्यक्रम ८ स्थानमा दिइएको छ । दूध उत्पादन गरेका ८ सहकारीलाई ६ लाखको दरले अनुदान दिइएको छ ।रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

किङ कोब्रा (राजगोमन)सर्प उद्दारका क्रममा सर्पको टोकाईमा परेका राजेश थापाको हेटौंडा अस्पतालमा उपचार हुँदै

रातो समाचार संवाददाता

फोहोर खोज चुनौतीमा कालिका टोल प्रथम

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology